डोटीमा घर भत्किएर मृत्यु भएका चारजनाका परिवारलाइ सामुदायिक बिकास केन्द्रको राहत सहयोग

डोटि
डोटि
August 12, 5:52

२०७७ साल साउन २८ गते मंगलबार

 

डोटी

आदर्श गाउँपालिका,१ बाँझककानीमा गत सोमबार राती घर भत्किएर मृत्यु भएका चारजनाका परिवारलाई सामुदायिक बिकास केन्द्र( सिडिसी)ले राहत उप्लब्ध गराएको छ।
उक्त संस्थाले आफ्नो राहत कोषबाट राहत स्वरुप १० हजार ६० रुपैया हस्तान्तरण गरेको हो।

संस्थाका अध्यक्ष हेमराज जोशीले उक्त रकम हस्तान्तरण गरेका हुन।
राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष हेमराज जोशीले भोलिनै पीडित परिवारको घरमै पुगेर ५ हजार बराबरको खाद्यान्न समेत हस्तान्तरण गरिने बताउनुभयो।

आज संस्था द्वारा जारी शोक वक्तव्यमा घटनाप्रति दुख व्यक्त गरिएको छ।शोक वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र घाईतेका सीघ्रस्वास्थ्य लाभको कामना गरिएको छ ।

आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा सोमबार राती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको थियो । सुतिरहेका अवस्थामा भित्र सुतिरहेका २६ वर्षिया बिश्ना लुहार, उनका १० वर्षीय छोरा पारस, छोरीहरु पाँच बर्षिय सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।
घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते छन् । उनीहरुरुको दिपायलमा उपचार भईरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा