इन्डियन प्रीमियर लिग( आईपिएल)को मुख्य प्रायोजक बाट भिभो बाहिरियो

IPL
IPL
August 05, 11:46

२१ साउन ,२०७७
इन्डियन प्रीमियर लिग(आइपिएल)को मुख्य प्रायोजकबाट चिनियाँ कम्पनी भिभो अलग भएको बताइएको छ।

चिनियाँ मोबाइल कम्पनी भिभोले इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकबाट हात झिकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन।

सन् २०१५ मा दुई वर्षको प्रायोजन सम्झौता गरेपछि भिभोले सन् २०१७ मा पाँच बर्षको सम्झौता गरेको थियो। पाँच वर्षका लागि २ हजार १ सय ९९ करोड भारतीय रुपैयाँ सम्झौता भएको थियो। भिभोले यो सिजन ४ सय ४० करोड भारतीय रुपैयाँ दिने तय छ।

भारतीय सञ्चार माध्यमहरुले बताए अनुसार संयुक्त अरब ईमिरेट्स(युएई)मा हुनलागेको यस सिजनको आइपिएलका लागि भिभो मुख्य प्रायोजकबाट अलग हुन लागेको हो। सन् २०२१ देखि भिभो फेरी प्रायोजकमा फर्कने अनुमान गरिएको छ।

गत असार पहिलो साता लद्दाखको गल्वान उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि चिनियाँ प्रायोजकको विषयमा रिभ्यू गर्नका लागि आइपिएलले बैठक बोलाएको थियो।

आफ्ना सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलिरहेको छ। कतिपयले आइपिएलको मुख्य प्रायोजकको विषयमा पनि प्रश्न उठाएका थिए।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा