साँफेबगर बाट जहाजको टिकट पाउनै मुस्किल

news
news
November 19, 5:56

अछाम — बुहारी सिकिस्त बिरामी भएपछि जिल्ला अस्पताल पुगेका अछामको मंगलसेन नगरपालिका—७ का कान्तप्रसाद जैसीले गत साता उपचारका लागि धनगढी लैजान दुई दिनसम्म जहाजको टिकटका लागि हार गुहार गरे । धनगढीसम्म बाह्र घण्टा गाडीमा लैजान गाह्रो भएकाले उनी जहाजको खोजीमा थिए ।

टिकट लिने ठाउँ र व्यक्तिका बारेमा उनलाई जानकारी थिएन । सोधीखोजी गर्दै जाँदा उनले टिकट दिने व्यक्तिको सम्पर्क नम्बर पाए । ‘जसरी पनि एउटा टिकट मिलाई दिन आग्रह गरे र तर पाँच दिनसम्मका लागि टिकट बुक भइसकेको छ भन्ने जानकारी पाएँ’ उनले भने, ‘पाँच दिन अगाडि नै बिरामी भइन्छ भन्ने थाहा हुने कुरा पनि भएन । त्यै पनि दुई दिन अगाडि त मैले खोजी गरेको हो । टिकट पाउनका लागि पनि पहुँच नै चाहिने रहेछ भन्ने महसुस भयो ।’

कमलबजार नगरपालिका —१ का धनबहादुर विष्टले पनि छोरीलाई धनगढीसम्म उपचारका लागि हवाईजहाजबाट लैजानका लागि धेरै पहल गरे । जिल्ला अस्पताल मंगलसेनमा उपचाररत छोरीलाई थप उपचारका लागि धनगढी लैजान उनलाई जहाजको टिकट आवश्यक परेको हो । साँफेबगरबाट धनगढीसम्म जहाज चल्छ भन्ने सामान्य जानकारी पाएका धनबहादुरले टिकटका लागि आफूले चिनेजानेका सबैलाई गुहारे । तर टिकट पाएनन् ।

‘साँफेबगरबाट प्लेन चल्यो भनेर हामी सर्वसाधारणलाई कुनै हर्ष छैन । त्यो प्लेन त पहुँच भएका, ठूला नेता, उनीहरूका कार्यकर्ता र पहुँच भएका कर्मचारीका लागि मात्रै चलेको हो भन्ने लाग्छ’ उनले भने ,‘मजस्ता सर्वसाधारण मान्छेले सधैं जहाज चढ्नलाई आर्थिक अवस्थाले भ्याउदैन । अप्ठेरो परेको बेला त हो हामीलाई आवश्यक पर्ने । त्यो पनि पाइँदैन भने प्लेन चलेकोमा हामी जस्ता सर्वसाधारणले खुसी हुनुपर्ने कारण के छ र ।’

०५८ फागुन ४ मा तत्कालीन माओवादीले सदरमुकामसँगै साँफेबगरमा आक्रमण गरेपछि विमानस्थलको टावर ध्वस्त हुँदा विमानस्थल बन्द थियो । लामो समयको प्रयासपछि साँफेबगरमा रहेको विमानस्थल सञ्चालनमा आयो । विमानस्थल सञ्चालनमा आएपछि कम्तीमा बाह्र घण्टा लगाएर धनगढी र नेपालगन्जका अस्पतालमा पुर्‍याउनुपर्ने बिरामीलाई आपत्कालीन अवस्थामा १७ मिनेटमा धनगढी पुग्ने आशा पलाएको थियो । तर नियमित रूपमा हवाईजहाज सञ्चालनमा आएको दुई वर्ष हुन लाग्दा पनि अछामका सर्वसाधारणले जहाजको टिकट पाउन सकेका छैन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा