कैलालीमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

news
news
January 10, 10:51

धनगढी २६ पुस / नेकपा एमाले जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । धनगढी स्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा छन् ।

यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सारेको थियो । तर साँझसम्म मतदान प्रक्रिया शुुरु हुन सकेको थिएन ।

मतदानमा ढिलाइ भएको भन्दै प्रतिनिधिहरू आक्रोशित भएपछि महाधिवेशन स्थलमा तनाव सिर्जना भएको थियो । दुुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमबारसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा