नेकपा एमाले अधिवेशन : कैलालीको अध्यक्षमा  थापा विजयी 

ss
ss
January 11, 10:21

धनगढी  २७ पुस  / नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी भएका छन् । प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका हुन ।

थापाले दुई सय ८७ मत पाउँदा चन्दले भने दुई सय ८३ मत प्राप्त गरेका छन् । उनीहरू दुवै प्यानल सहित चुनावी मैदानमा होमिएका थिए ।
उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद जोशी सबैभन्दा बढी तीन सय २७ मत ल्याएर विजयी भएका छन् भने चन्द प्यानलका सिताराम बुढाथोकीले दुई सय ७ मत ल्याएका थिए ।

सचिवमा भने चन्द प्यानलका डेजी पाण्डे विजयी भएका छन् । पाण्डे दुई सय ९४ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिद्वन्द्वी दानबहादुर विकले दुई सय ६० मत ल्याए । उनी पार्टीका निवर्तमान सचिव समेत हुन् ।

उपसचिवमा पनि चन्द प्यानलकै ममताप्रसाद चौधरी र लोकेन्द्र शाही विजयी भएका छन् । चौधरीले दुई सय ९० र शाहीले एक सय ९६ मत ल्याए । उपसचिव पदका उम्मेदवार थापा प्यानलका प्रेम डगौराले एक सय ७१ र मदन ओझाले एक सय ७० मत ल्याए भने स्वतन्त्र उम्मेदवार दिएका विनय शाहले एक सय ७८ मत पाएका छन् ।

अध्यक्ष लगायतका पदाधिकारीको मत गणना सकिए पनि सदस्यहरूको भने गणना गर्न बाँकी छ । निर्वाचन समितिले मंगलबार बिहान ८ बजेदेखि सदस्यहरूको मत गणना शुरू गरिने जनाएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा