Aagan-cakes-web-banner-2

नेकपा एमाले अधिवेशन : डोटी अध्यक्षमा पुनःमल्ल

news
January 11, 10:36

डोटी २७ पुष / नेकपा एमाले डोटीको अध्यक्षमा पुनः चक्रबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन्। यस अघि पनि जिल्ला अध्यक्ष रहेका उनी आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन।

२०६९ सालमा सम्पन्न जिल्ला कमिटीको सातौ अधिवेशनबाट पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका उनी पुनः अध्यक्षमा चुनिएका छन्। उनी  एमालेका प्रभावशाली नेता भीम रावल निकट मानिन्छन्। त्यस्तै रावल निकट मञ्जु मालासी उपाध्यक्षमा चयन भएकी छिन्। उनी दिपायल सिलगढी नगरपालिकाको मेयर हुन्।

जिल्ला कमिटी सचिवमा शेरबहादुर मल्ल, उपसचिवमा कृष्णबहादुर खड्का र तेजबहादुर डुम्रेल निर्विरोध निर्वाचित भएका छन्।  मल्ल शिखर नगरपालिकामा पराजित मेयरका उमेदवार हुन् भने डुम्रेले सायल गाउँपालिकाका अध्यक्ष हुन्।

 

सम्बन्धित वर्गका समाचारहरू

डोटी कांग्रेसकाे कार्यसमितिले पूर्णता पायो
डोटी,१० माघ / नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । आईतबार पार्टी कार्यालयमा… विस्तृतमा
राष्ट्रिय सभा निर्वाचनको मौन अवधि, आचरण पालना गर्न आयोगको आग्रह…
काठमाडौं ,९ माघ /  यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू… विस्तृतमा
एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताउनुभएको छ… विस्तृतमा
स्थानीय तहको निर्वाचनको लागी बैठक बस्दै आज
काठमाडौँ,६ माघ /  स्थानीय तहको निर्वाचनको मिति तयलगायतको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक… विस्तृतमा