नेकपा एमाले अधिवेशन : दार्चुलाको अध्यक्षमा धामी विजयी

news
news
January 12, 1:40

धनगढी,२८ पुष / नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेम सिंह धामी विजयी भएका छन्। ५ सय ८८ मत ल्याएर धामी अध्यक्षमा विजयी भएका हुन, भने उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् ।  

यसैगरी एमाले दार्चुलाको सचिवमा ४सय २२ मत ल्याएर शेर सिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २ सय १२ मत ल्याएर पराजित भएका छन्। एमाले दार्चुलाको सह सचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन्। 
एमाले दार्चुला अधिवेशनका लागि छनौट भएका ७ सय ७६ प्रतिनिधि मध्ये ७ सय ७  जनाले मतदान गरेका थिए। अध्यक्षमा  धामी दार्चुलाको नौगाढ गाउँपालिकाका अध्यक्ष हुन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा