राष्ट्रिय सभा निर्वाचनका लागि छापियो दुई रङका मतपत्र

news
news
January 17, 10:05

काठमाडौँ,३ माघ / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र निर्वाचन आयोगले छपाइ गरेको छ।यही माघ १२ गते रिक्त १९ पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन गइरहेको छ।

उक्त निर्वाचनका लागि २०२५ जना मतदाता छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरू राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन् आयोगका अनुसार स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यका लागि भिन्नाभिन्नै रङका मतपत्र छपाइ गरिएका छन्।

रातो रङको मतपत्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् भने हरियो रङको मतपत्रमा प्रदेश सभा सदस्यहरूले मतदान गर्नेछन्। स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ।रिक्त १९ पदमा विभिन्न १२ राजनीतिक दलबाट ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

मुख्यगरी सत्तारूढ ५ दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। सत्तागठबन्धनले भागबन्डा गरी उम्मेदवार उठाएका छन् भने एमालेले १९ पदमै उम्मेदवार उठाएको छ।आयोग स्रोतका अनुसार छपाइ गरिएका मतपत्र अब सबै प्रदेशस्थित निर्वाचन अधिकृत कार्यालयमा पुर्‍याइनेछ। माघ ७ भित्र मतपत्र सबै प्रदेशहरूमा पुर्‍याइने आयोगले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा