भट्टको नेतृत्वमा नेकपा (एमाले) गोदावरी नगर कमिटी घोषणा

news
news
February 01, 4:23

अत्तरिया,१८ माघ / नेकपा एमाले गोदावरी नगरकमिटीको नयाँ नेतृत्व चयनको लागी अध्यक्ष मण्डलले नाम प्रस्ताब गरेको छ । कैलाली जिल्ला अध्यक्ष रतन थापा सहितको अध्यक्ष मन्डल नगरकमिटीका पदाधिकारीको नाम घोषणा गरेर बाहिरएका छ ।

जस अनुसार अध्यक्षमा गोकर्ण भट्ट ,उपाध्यक्षमा बल बहादुर चौधरी ,सचिबमा जिबन कुमार  शाह रहेका छन । यस्तै उप-सचिबमा राधा जोशी र महाबिर बिक मुन्ना रहेका छन ।  नगरकमिटी ७२ सदस्ययी प्रस्ताब गरिएको छ ।

सर्ब सम्मतीले नेतृत्व चयन गर्ने भनिएपनी सचिबमा सहमती नहुँदा बिबादका बिच अध्यक्ष मन्डलले नाम प्रस्ताब गरेको हो ।  कैलाली  जिल्लाको चुनाव देखी नै गोदावरीमा एमालेका नेता कार्यकर्ताहरु दुई धारमा बिभाजित रहेका थिए ।

जिल्ला अध्यक्षमा रण बहादुर चन्दलाई समर्थन गरेको समुहले आफुहरुलाई उपेक्षा गरेको जनाएको छ । उनिहरुले जिल्ला सचिब डेजी पाण्डे सँग गुनासो पोखिरहेका छन । उक्त समुहले सचिब र एक उप सचिब आफुहरुले पाउनु पर्ने दाबी गर्दै आएको थियो ।

 जिल्लाको सम्पूर्ण नेतृत्व पनि पूर्ण रुपमा कमिटी घोषणा गर्न एकमत नभएको नेताहरुको भनाई रहेको छ । अहिले पनि बन्द सत्र स्थलमा असन्तुष्ट समुहले छलफल जारी राखेको छ ।  

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा