प्रचण्ड र ओली बालुवाटारमा

news
news
February 06, 5:19

काठमाडौँ,२३ माघ / सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । तीन नेताबीचको भेटमा एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी छन् ।

भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी लगायतका बारेमा छलफल हुने सचिवालयले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा