लोक सेवाको विज्ञापनसम्बन्धी रिटमाथिको सुनुवाइ आज पनि सकिएन
काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापनका सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटहरूमाथिको सुनुवाइ आज पनि सकिएन ।
लोक सेवा आयोगको विज्ञापनसम्बन्धी ४ वटा रिटमाथि सर्वोच्चमा आइतवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएपनि बहस जारी रहेकाले ुहेर्दाहेर्दैुमा राखिएको छ ।
अधिवक्ता विकास ठाकुरले लोक सेवाले खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशीअनुसार नरहेकाले रद्द गर्नुपर्ने जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।
लोक सेवाको सो विज्ञापनसम्बन्धी अन्य ३ रिट पनि सर्वोच्चमा छ । ती रिटहरूमाथि छुट्टाछुट्टै सुनुवाइपछि सर्वोच्चले चारैवटा रिटलाई एकसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।
चारमध्ये एक रिटमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई विपक्षी बनाइएको छ । उक्त समितिले विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको थियो ।
रिटमा राज्य व्यवस्था समितिको उक्त निर्देशन संविधानविपरीत रहेको जिकिर गरिएको छ ।
लोक सेवाले ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि खुलाएको विज्ञापनमा आवेदन दिने म्याद असार १० गते सकिएको छ ।
दोब्बर दस्तुर तिरेर यही असार १७ गतेसम्म आवेदन दिन सकिन्छ ।