ग्लोबल र जनता बैंक मर्जरमा जाने, दुई अध्यक्षले गरे हस्ताक्षर

Global and Janata Bank
Global and Janata Bank
July 05, 3:27

काठमाडौं,  असार २० - ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने भएका छन् । यसअघि मेगा बैंकसँग मर्जर जान छलफल चलाएको ग्वलोबल बैंकले अन्तत जनता बैंकसँग मर्जरमा गर्ने सहमति जनाएको हो। 

शुक्रबार दिउँसो होटल सांग्रिलामा जनता बैंकका अध्यक्ष केशव रायमाझी र ग्‍लोबल बैंकका अध्यक्ष चन्द्र ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। ८५ प्रतिशत स्वाप रेसियोमा जान तयार भएका हुन्। दुई बैंकको मर्जरपछि पनि नाम भने ग्‍लोबल आइएमई नै रहेने बताइएको छ।  ग्‍लोबल आइएमई बैंकले यसअघि आधा दर्जन बढी संस्थालाई गाभेको  आठ अर्ब चुक्‍तापुँजी वृद्धि गरेको थियो।

बिहीबार मात्रै राष्ट्र बैंकमा सातवटा बैंकले मर्जरमा जान तयार रहेको प्रतिबद्धता जनाएका थिए। यसअघि, ९ असारमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पार्टनर खोजेर आउनका लागि बैंकहरूलाई आग्रह गरेका थिए। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरू मर्जरका लागि दबाब दिने तयारी गरेको छ। आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आगामी साता सार्वजनिक गर्ने तयारी गरिएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा