डोटीमा जिप दुर्घटना ८ जना घाइते, दुईको अवस्था गम्भीर

May 27, 1:28

डोटी १३ बैशाख /   डोटीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका वडा नम्बर १ तेलपारामा सु. प.प्र ०१००१ज १३३४ नम्बरको जिप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार दुर्घटना परि घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते दुवै जनालाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल ल्याइएको छ ।अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सायल बाट १४ जना यात्रु बोकेर दिपायल आउँदै गरेको जिप शुक्रवार बिहान साढे १० बजे दुर्घटनामा परेको हो।जिप १०मिटर तल खसेको र चालकलाई नियन्त्रण लिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा