जनप्रतिनिधिलाई सभापति बलायर भने, ‘विकासको मार्गचित्र कोर्नुस्, आर्थिक अभाव म हुनै दिन्न’

जनप्रतिनिधिलाई सभापति बलायर भने, विकासको मार्गचित्र कोर्नुस्, आर्थिक अभाव म हुनै दिन्न’
जनप्रतिनिधिलाई सभापति बलायर भने, विकासको मार्गचित्र कोर्नुस्, आर्थिक अभाव म हुनै दिन्न’
June 11, 9:53

धनगढी २७ जेठ - नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो कार्यकाल पूर्ण सफल बनाउन कटिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित स्थानीय तहमा काङ्ग्रेसबाट निर्वाचित प्रदेशभरिका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई गरिएको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै सभापति बलायरले सो कुरा बताएका हुन् । 

बलायरले निर्वाचित जनप्रतिनिधिलाई आफ्नो स्थानीय तहमा दत्तचित्त भएर जनसेवामा खटिन आग्रह गर्दै आर्थिक अभाव हुन नदिने समेत दाबी गरे । उनले भने, ‘नेपाली काँग्रेसले जितेका तपाईँहरूको स्थानीय तहमा अबको प्रमुख आवश्यकता के हो ? मार्गचित्र के ? सम्भावना के ? प्राथमिकता के ? यी कुराहरूमा तपाईँहरू विशेष ख्याल गरेर अघि बढ्नुस्, त्यसमा काम गर्ने मनसाय बनाउनुस्, त्यसका लागि म काठमाडौँ जाँदै छु । त्यसपछि प्रधानमन्त्रीसँग भेटेर पहल गर्ने छु र दातृ निकायलाई त्यसमा आकर्षण हुने खालका कार्यक्रम तथा बजेट विनियोजन गर्न सुझाव दिने छु ।’ उनले अगाडी थपे, ‘अब तपाईँहरूले मैले के काम गरौँ, के नगरौँ भनेर भन्न र सोध्न पाउनु हुन्न ? सबैले आफ्नो पालिकाको मास्टर प्लान अनिवार्य बनाउनुस् । विस्तृत कार्य योजना अनिवार्य बनाउनुस् । यदि हामीले हाम्रा कामको परिणाममा ध्यान दिँदैनौँ भने त्यसको प्रतिफल कसैलाई हुन्न । त्यसैले अब ठोस परिणाम आउने गरी काम गर्नुपर्छ । तपाईँहरूका हर कार्यसम्पादनले अब नेपाली काँग्रेसको भविष्य कोर्ने छ । त्यसैले तपाईँको मास्टर प्लान सम्पन्न हुन चाहे १५ वर्ष किन नलागोस् तर राम्रो बनाउनुस् । चाहे विज्ञ राख्नुस् चाहे राम्रा सल्लाहकारलाई सल्लाह माग्नुस् । जे गरेर भए पनि राम्रा योजना मात्र बनाउनुस्, त्यसमा आर्थिक अभाव त म हुनै दिन्न । तपाइहरूले प्रदेशमा गएर योजना माग्नु पनि पर्दै छ । यिनीहरू त लुटेरा हुन, लुट्न मात्रै पल्किएका छन् । अब तपाईँहरू यिनका पछि नलाग्नुस् । पार्टीले के सहयोग गर्नुपर्छ भन्नुस्, म तयार छु । तर राम्रो काम गर्नुस् ।  हामीले ४० पालिका जितेका छौँ । ती सबैलाई नमुना बनाउनुपर्छ ।’ 

जनप्रतिनिधिलाई सभापति बलायर भने, विकासको मार्गचित्र कोर्नुस्, आर्थिक अभाव म हुनै दिन्न’

अहिले अन्य दलका नेता तथा सुदूरपश्चिम सरकारमा सहभागी केही मन्त्रीहरू आफूले अनियमितता गर्ने र अनियमितता गर्न पाउने ठाउँमा दातृ निकायलाई आकर्षण गर्न थालेका उनको आरोप छ । बलायरले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आर्थिक अनियमितता गरे पार्टीले कारबाही गर्ने चेतावनी समेत दिएका छन् । अघिल्ला जनप्रतिनिधिहरूले गरेको कामको प्रकृति हेर्दै जताततै अनियमितताले गन्हाएको  बताउँदै उनले भने, ‘प्रदेश समिति आइसकेपछि हामीले दिएको टिकटबाट तपाईँहरू निर्वाचित हुनु भएको छ, तपाईँहरूले राम्रो गरे पार्टीको नाम उच्च रहन्छ, गलत गरे बद्नामित हुन्छौँ, तसर्थ गलत काम नगर्नु होला,’ उनले काङ्ग्रेसबाट जितेका जनप्रतिनिधिले गलत काम गरेको र आर्थिक अनियमितता गरेको भेटिएमा पार्टीले नछाड्ने पनि बताए । 

जनप्रतिनिधिहरूले व्यक्तिगत स्वार्थका लागि प्रमुख र उपप्रमुखबिच बाझाबाझ भएमा पार्टीप्रति मात्रै नभई देशप्रति अन्याय हुने उनले बताए । उनले भने, ‘अघिल्ला जनप्रतिनिधिहरूको व्यक्तिगत स्वार्थकै कारण बाझाबाझ हुँदा गतिलो गरी काम हुन सकेन, अब नयाँ जनप्रतिनिधिले त्यस्तो गरेको भेटिएमा प्रदेश कार्य समितिले बाँकी राख्दैन ।’  

कांग्रेसले जितेको पालिका आर्थिक रूपमा चुके भन्ने आफ्नो कानले सुन्नु नपरोस् भन्दै उनले भने, ‘पालिकाका प्रमुख उपप्रमुखहरू आपसमा लडे मरे भनेर पनि सुन्न नपरोस् ।’ प्रमुखसँग कार्यकारी अधिकार रहेको बताउँदै उनले भने, ‘उपप्रमुखले प्रमुखलाई सहयोग गर्ने हो, भने प्रमुख भन्दा बढी समाजसँगको उत्तरदायित्वसहितको अधिकार उपप्रमुखसँग छ ।’ 

उपप्रमुख भनेको न्यायिक समितिको अधिकारसहित भएको पनि उनले बताए। कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेसबाट जितेका स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी थिए ।

जनप्रतिनिधिलाई सभापति बलायर भने, विकासको मार्गचित्र कोर्नुस्, आर्थिक अभाव म हुनै दिन्न’

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा