गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी मतदान

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी मतदान
गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी मतदान
July 19, 9:20

धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा सञ्चालित धनगढी उप महानगरपालिका वडा नम्बर ४ स्थित गुरुकुल एकेडेममिले मतदान प्रकृयाबाट बिद्यार्थी परिषदका पदाधीकारी तथा सदस्यहरु चुन्न लागेको हो ।

आम मतदानकै झल्को दिनेगरी बिद्यार्थी परिषदका लागी आज मतदान भइरहेको छ । स्कुल बिद्यार्थी परिषदको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष तथा सदस्यहरुका लागी मतदान भइरहेको छ । बिद्यार्थीहरुको लिडर चुन्नका लागी स्कुलमा हरेक बर्ष निर्वाचन हुने गरेको स्कुलले जनाएको छ ।

यस्तै स्कुल बिद्यार्थी परिषदका लागी छात्र तर्फ सिनियर हेड, छात्रा तर्फको सिनियर हेड तथा छात्र÷छात्रा तर्फका जुनियर हेड, स्कुल डिसिप्लेन हेड, स्कुल भाषिक हेड, सिकाई संयोजक लगायत चुन्नका लागी बिद्यार्थीहरुले मतदान गरिरहेका हुन् । हरेक पदका लागी दुई जना भन्दा बढी बिद्यार्थीहरु चुनावी मैदानमा छन् । आम निर्वाचनझैँ ३ दिन अघीदेखी प्रचारप्रसारमा ब्यस्त उमेदवारहरुलाई हिजोबाट मौन अवधी लागेको थियो ।

बिगतका बर्षहरुमा स्कुल आफैले ब्यवस्थापन गरेर मतदान प्रकेयाबाट बिद्यार्थी नेतृत्व चुनिने गरेपनि यस बर्ष प्रदेश निर्वाचन कार्यालयको सहयोगमा आम निर्वाचनको झल्को दिने गरी मतदान भइरहेको छ । बिद्यार्थीहरु १ बर्षका लागी आफ्नो नेतृत्व चुन्न उत्साहित देखिन्थे । लाग्थ्यो की आम निर्वाचननै हो जस्तै ।

सन २०१२ मा बिद्यार्थी परिषद गठन गर्ने योजना बनाएर हरेक बर्ष निर्वाचन पद्धतीबाट बिद्यार्थी परिषद गठन हुन लागेको गुरुकुल एकेडेमीकी पिन्सीपल सुनिता शुरीले बताइन् । बिद्यार्थी परिषद गठन गरिसकेपछि बिद्यार्थीहरुले बिद्यालयभित्रको आफ्नो नेतृत्व चुन्नका लागी निर्वाचन भइरहेको छ उनले भनिन् “यो बिद्यार्थी परिषदले बिद्यार्थीहरुको नेतृत्व गर्नुका साथै बिद्यालयभित्रका आन्तरिक क्रियाकलाप संगै बाहिर सामाजिक क्रियाकलाप समेत गरिरहेको छ, सामाजिक उत्तरदायित्व स्वरुप हरेक बर्ष बिद्यार्थी परिषदको आयोजनामा सामाजिक कार्य गर्दै आइरहेका छौँ ।”

प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टले स्कुलबाटै यो प्रकृया शुरु हुँदा लोकतन्त्रको संस्थागत बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । भोलीको प्रशासक अथवा कानुन निर्माता अहिलेको बिद्यार्थीनै हुन यसरी बिद्यालयबाटै निर्वाचन प्रकृयाबारे बिद्यार्थीले थाहा पाए भोली नेतृत्व तहमा जान या निर्वाचन प्रकृयाबारे काम गर्न सहज हुने उनको भनाई छ ।

अहिले म तबदर हुने क्रमपनि निकै बढी छ भट्टले भने यसरी स्कुल स्तरमै निर्वाचन सम्बन्धि ज्ञान दिने हो भने म तबदरपनि निकै घटाउन सकिन्छ उनले भने “गुरुकुलले यो निर्वाचन प्रकृयाबाट बिद्यार्थी परिषद चुनेर बिद्यालयका लागी मात्रै नभएर आम नागरिकका लागीपनि सिकाइमा निकै टेवा पु¥याएको छ ।”
बिद्यार्थी परिषदका लागी भइरहेका मतदान आज सम्पन्न हुने र भोली साँझसम्म मतगणता कार्य सकिएर त्यसपछि निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण कार्यक्रम हुने गुरुकुल एकेडेमीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
डाेटीमा पत्रकारद्वारा जनप्रतिनिधिलाई `कलम´ उपहार
डोटी  ६ जेठ /  नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा