कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि मेयरसँग मागियो कागजपत्र माग

कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि मेयरसँग मागियो कागजपत्र माग
कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि मेयरसँग मागियो कागजपत्र माग
November 14, 6:19

कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि कागजपत्र माग गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले शुक्रबार नगरपालिकालाई पत्राचार गर्दै भीमदत्त नगरपालिकाकासँग कर्मचारी र सल्लाहकार नियुक्त सम्बन्धि विवरण माग गरेको हो।

अख्तियारले पत्राचार गर्दै स्वीकृत दरबन्दी विवरण, नगरकार्यपालिकाबाट नियुक्त गरिएका कर्मचारी विवरण, नियुक्ति प्रक्रिया, सेवासुविधा, नगरपालिकाभित्र कर्मचारी सरुवा सम्बन्धि कागजपत्र माग गरेको जनाएको छ। भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उपमेयर निलम जोशीले सल्लाहकार, कर्मचारी नियुक्ति र कर्मचारी सरुवालगायतका कार्यमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले नगरपालिकासँग कर्मचारी र सल्लाहकार नियुक्त सम्बन्धि विवरण माग गरेको छ। नगरपालिकाले मेयरको जनसम्पर्क सल्लाहकारमा गौराज लिम्बु, संचार विज्ञमा चक्रसिंह महता, न्यायीक समितिको सल्लाहकारमा टेकबहादुर कठायत, उपमेयर जोशीको प्रशासनिक सल्लाहकारमा सन्तोषी ऐरलाई नियुक्त गरेको छ। यसैगरी, मेयर बोगटीको नीजि सवारी चालक भएर काम गरिरहेका बसन्त विष्टसहित ३ जनालाई जेठ १० गते ज्यालादारीमा राखिएको थियो।

मेयरको सहयोगीको रुपमा उत्तर कुँवर र उपमेयरको सहयोगीको रुपमा कमला साउँद ज्यालादारीमा काम गर्ने गरी नियुक्त भएका थिए। चालकमा नियुक्त भएका विष्टले जागिर छोडिसकेका छन् भने साउँद र विष्ट अहिले पनि कार्यरत छन्। नगरपालिकाले मेयरको सहजताका लागि नासु नरेन्द्रदेव भट्ट र उपमेयरको सहजताका लागि खरिदार लक्ष्मण भट्टलाई खटाएपनि मेयर र उपमेयरले ज्यालादारीमा काम गर्ने गरि सहयोगी नियुक्त गरेका थिए। मेयरकै कार्यकक्षमा काम गर्ने पावर्ती सिंहलाई यसअघिकी उपमेयर शुशिला चन्द सिंहकै पालामा ज्यालादारीमा राखिएको जनाएको थियो।

ADVERTISEMENT

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

विषगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक
धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक… विस्तृतमा
कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्… विस्तृतमा
राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला जाँदै रामचन्द्र पौडेल
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल… विस्तृतमा
बझाङमा बिभिन्न पार्टी परित्याग गरी ६ दर्जन बढी कार्यकर्ता…
धनगढी । बझाङमा बिभिन्न पार्टी परित्याग गरी ६८ जनाले नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन । … विस्तृतमा