महाकाली नदीले सतर्कता तह पार गर्‍यो

August 24, 3:23

धनगढी,०७ भदौ । महाकाली नदीले सतर्कता तह पार गरेको छ । डडेल्धुराको परिगाउँ जलमापन केन्द्रमा महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको हो ।

महाकाली नदीको जलसतह ५.८० मिटर पुगेमा सतर्कता तह मानिन्छ । बिहिवार दिउँसो महाकाली नदीको जलसतह ५.८३ मिटर मापन गरिएको छ । महाकाली नदीको जलसतह ७ मिटर पुगेमा खतरा हुन्छ । सरकारले महाकालीको तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरेको छ ।

डडेल्धुरा र कञ्चनपुरका नदी किनार तथा डुबान हुने क्षेत्रका नागरिकलाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा