नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा
September 02, 8:50
काठमाडौँ । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ । भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, कास्कीमा मोहन कुमार थापा र उदयपुरमा रमेश थापालाई पठाइएको छ ।
दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडा र नुवाकोटमा सञ्जय सिंह थापा गएका छन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
August 31, 3:57
May 23, 4:28
September 02, 8:50
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा