१५ वर्षीया किशोरी बलात्कार आरोपमा दुई किशोरसहित ३ जना पक्राउ

September 12, 1:14

कञ्चनपुर,२६ भदौ । कञ्चनपुरको दोधारा चाँदनीबाट १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा तीनजना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–३ का १९ वर्षीय अरबिन महता, १७ र १८ वर्षका दुई किशोर छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिका–२ स्थित खेलमैदानमा लागेको मेला हेर्न गएको समयमा पहिलोपटक जबर्जस्ती करणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन्। 

यही भदौ १५ मा मेला हेर्न गएका बेला ललाईफकाई गरेर दोधारा चाँदनी नगरपालिका-४ बैतडा टोलस्थित उखुबारीमा करणी गरेको पीडितको भनाइ छ।

भदौ १९ मा दोधारा चाँदनी नगरपालिका–१ मायापुरी सामुदायिक जंगलमा लगेर करणी गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा