कञ्चनपुरमा डेंगु रोगको सङ्क्रमण बढ्दो

September 13, 11:22

कञ्चनपुर,२७ भदौ । कञ्चनपुरमा केही सातायता डेंगु रोगको सङ्क्रमण बढेको छ। स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगु रोगका सङ्क्रमित भेटिएका छन्। यहाँ डेंगुको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो। 

बेलौरी नगरपालिकाका २८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने, जिल्लाको सबैतिर सङ्क्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेंगुको सङ्क्रमण बढिरहेको देखिन्छट उनका अनुसार सबैभन्दा बढी डेंगु रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन्। भीमदत्तका ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडीमा दुई, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा र बेदकोटमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ। महाकाली प्रादेशिक अस्पतालमा बिरामी चाप बढेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टका अनुसार अस्पतालमा हाल ज्वरोका बिरामी बढेका छन्।

ुज्वरो, डेंगु, स्क्रबटाइपस, टाइफाइड, सर्पदंशका बिरामीको चाप अहिले तुलनात्मक रुपले बढी छु, उनले भने, ुबर्खामा पानी जम्ने र डेंगु सार्ने लाभा उत्पादन भएर रोग सार्छ।ु डेंगु एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। डेंगुका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायत लक्षण देखिने गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा