मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

September 13, 1:44

महेन्द्रनगर ,२७ भदाै । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार गरिएको छ। बुधबार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको पहलमा भीमदत्त नगरपालिका–१३ पिपरियाकी २० वर्षीया सिमा सुनारको उद्धार गरिएको हो।
दुई हप्तादेखि सडकमै बस्दै आएकी युवतीको उद्धार थिइन्। उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको नगर प्रमुख महराले बताए।
‘गत वर्ष ४ जना मानसिक समस्या भएका, बेवारिसे बालबालिका तथा महिलाको उद्धार गरेका थियौं,’ उनले भने, ‘मानव सेवा आश्रमलाई पनि सहयोग गर्दै आएका छौं।’
नगरपालिकाले गत वर्ष मानव सेवा आश्रमलाई १ लाख सहयोग गरेको थियो। ‘यस वर्ष पनि मानव सेवा आश्रमलाई सहयोग गर्ने नगरपालिकाको योजना छ,’ उनले भने।

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

डडेल्धुरामा चितुवा मृत फेला
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
धानबाली नष्ट हुनुको कारण पत्ता नलाग्दा अन्योल
कञ्चनपुर /  कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा
गोकुलेश्वर-खलंगा सडक २५ वर्षदेखि अधुरै
दार्चुला / गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने छोटो दूरीको खलंगा–खार–गोकुलेश्वर सडक… विस्तृतमा
‘प्रदेश सभा खुलापनका लागि गम्भीर छौँ’
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको खुलापनका लागि आफू गम्भीर… विस्तृतमा