डाेटीकाे केआइसिंहमा नयाँ भाडा दर कायम

September 16, 1:19

भदौ ३० , डोटी | दिपायल देखी केआईसिंहको वायलसम्मको सार्वजनिक यातायातको नयाँ भाडा दर कायम भएको छ । केआईसिंह गाउँपालिका, यातायात व्यवसायी र सरोकार पक्षबिच शुक्रवार बसेको बैठकले दिपायल देखी वायलसम्मको भाडा एक सय ६१ रुपैयाँ तोकेको छ ।
यातायात व्यवसायीले यसअघि दिपायलदेखि वायलसम्मको ३ सय भाडा लिँदै आएका थिए । गाउँपालिकाले आयोजना गरेको बैठकले कालोपत्रे सडकमा प्रति किलोमिटर रु ७ र कच्ची सडकमा रु १२ दशमलव ५ भाडा दर कायम गरेको अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी दिए । वायलसम्मको सडक कालोपत्रे भइसकेको भए पनि यातायात व्यवसायीहरूले कच्ची सडक भएको बेला तोकिएको दररेटमा चर्को भाडा लिने गरेको भन्दै जनदबाब बढ्दै गएको थियो ।
प्रदेश सरकारले कायम गरेको भाडा दर अनुसार बैठकले कायम गरेको नयाँ भाडा दर सबै खालेका सार्वजनिक यातायातमा लागु हुने बताइएको छ । साथै असोज १ गते देखी दिपायलबाट दैनिक एक बस वायलका लागि छुट्ने निर्णय भएको छ । दिपायल देखि वायलसम्म एक दिन शैलेश्वरी डोटी सार्वजनिक प्रालीको र अर्को दिन सुन्दर सुदूरपश्चिम सार्वजनिक यातायात प्रालीको एउटा बस अनिवार्य छुट्ने बताइएको छ ।

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

डडेल्धुरामा चितुवा मृत फेला
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
धानबाली नष्ट हुनुको कारण पत्ता नलाग्दा अन्योल
कञ्चनपुर /  कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा
गोकुलेश्वर-खलंगा सडक २५ वर्षदेखि अधुरै
दार्चुला / गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने छोटो दूरीको खलंगा–खार–गोकुलेश्वर सडक… विस्तृतमा
‘प्रदेश सभा खुलापनका लागि गम्भीर छौँ’
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको खुलापनका लागि आफू गम्भीर… विस्तृतमा