दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण प्रक्रियाले गति पाएपछि...

September 19, 12:26

कञ्चनपुर । कञ्चनपुरको दोधारा चादँनीमा सख्खा बन्दरगाह प्रस्ताव भएको करिब डेढ दशकपछि निर्माण प्रक्रियाले गति पाएपछि सुदूरपश्चिमकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चादँनी नगरपालिका वडा नम्बर १ मा निरीक्षण गरेयता उक्त आयोजनाले निर्माण प्रक्रियालाई गति दिएको छ ।प्रधानमन्त्रीले स्थलगत निरीक्षणपछि गत जेठमा भारत भ्रमणका क्रममा सुक्खा बन्दरगाह निर्माणले उच्च प्राथमिकता दिँदै भारतले आगामी तीन वर्षमा बनाइदिने सहमति पत्र ९ओएमयू० मा हस्ताक्षर गरेपछि आर्थिक विकास हुने अपेक्षा हुँदै आएको होे ।

दुवै देशका प्रधानमन्त्री स्तरमा भएको उक्त सम्झौतापछि भारतीय पक्ष पनि सुक्खा बन्दरगाह निर्माणमा चासो दिएर स्थलगत अनुगमनमा जुट्न थालेको छ । सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा सुक्खा बन्दरगाह स्थलको अनुगमन गरे ।

सुदूरपश्चिम प्रदेशको आर्थिक स्मृद्धिमा भरपुर सहयोग पुग्ने सुक्खा बन्दरगाह सञ्चालन, कञ्चनपुरलाई नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको विषयले प्रक्रियागत रुपमा बढावा पाउन थालेपछि स्थानीयवासी हर्षित छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा