हात बाँधिएको अवस्थामा उखुबारीभित्र भेटिए १४ महिने बालक

September 22, 3:55

महेन्द्रनगर ।  कञ्चनपुरमा एक बालक हात बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालक हात बाधिएको अवस्थामा भेटिएका हुन् ।

स्थानीयका अनुसार  दुवै हात बाँधेको अवस्थामा बालिका भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। सडक छेउकै उखुबारीमा भेटिएकी बालिकासँगै खेलौना थियो।

उद्धार गरेर प्रहरीले अहिले उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकी लगेको छ। 

बच्चा कसले किन छाडेको भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले बताए।

उनका अनुसार बालिकाको अभिभावकको खोजी भइरहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा