अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी ६ का वडाध्यक्ष पक्राउ

September 25, 2:45

महेन्द्रनगर । अवैध तरिकाले रुख काटेको आरोपमा कञ्चपुरको बेलौरी नगरपालिका ६ का वडाध्यक्ष पक्राउ परेका छन् । अनुमति विना रुख कटान गरेको आरोपमा वडा अध्यक्ष भोजराज चौधरी हिजो (आइतवार) पक्राउ परेका हुन् । 

बेलौरीस्थित वर्षौदेखि बन्द छोटी भन्सार क्षेत्रमा केही दिन अघि गरिएको सरसरफाईका क्रममा काटिएका रुखलाई लिएर वडा अध्यक्ष चौधरीलाई पक्राउ गरिएको हो । सरसफाइको क्रममा काटिएका रुखलाई लिएर डिभिजन वन कार्यालयले वडा अध्यक्ष चौधरीलाई पत्र पठाएको थियो । डिभिजन वनको पत्रका आधारमा जवाफ दिन आएका चौधरीलाई पक्राउ गरी हिरासतमा राखिएको हो ।

भन्सार क्षेत्र सरसफाई कार्यक्रममा उप मेयर जोगराम चौधरी लगायतका अन्य जनप्रतिनिधि, स्थानीय सहभागी भएका थिए । सरसफाईमा सहभागी उप मेयर चौधरीले आफूले पनि रुख नकाट्न सल्लाह दिएको प्रतिक्रिया दिएका छन् । सरसफाईका क्रममा भन्सार क्षेत्रमा रुख काटिएपछि उनी विरुद्ध डिभिजन वन कार्यालयमा उजुरी दिइएको थियो । त्यस उजुरीका आधारमा डिभिजनले उनलाई रुख कटान सम्बन्धि पत्र पठाएको थियो ।

डिभिजन वनले हिरासतमा राखेर चौधरीमाथि अनुसन्धान अघि बढाएको छ ।

चौधरी २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा