एमालेको प्रदेश अधिवेशनः बैतडीबाट ६८ जना प्रतिनिधि छनौट
बैतडी / नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बैतडीबाट प्रतिनिधि छनौट भएका छन् । प्रदेश अधिवेशनका लागि जिल्लका १० ओटै पालिकाबाट ६८ जना प्रदेश प्रतिनिधि छनौट भएका हुन् ।
पाटन नगरपालिका र पुर्चाैडी नगरपालिकाबाट ६÷६ जना, सिगास गाउँपालिकाबाट ३, सुर्नया गाउँपालिकाबाट ५, डिलासैनी गाउँपालिकाबाट ८, दोगडाकेदार गाउँपालिकाबाट ९ जना प्रतिनिधि छनौट भएका छन् । यस्तै दशरथचन्द नगरपालिकाबाट ७, पञ्चेश्वर गाउँपाकिलाबाट २, शिवनाथ गाउँपालिकाबाट ३, मेलौली नगरपालिकाबाट पनि ३ जना प्रतिनिधि छनौट भएका एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।
यस्तै दलिततर्फ प्रदेश निर्वाचन क्षेत्र (क)बाट ६ र (ख)बाट १० जना छनौट भएका उनले बताए । पुर्चाैडीमा ४ जना सदस्यका लागि खुलातर्फ निर्वाचन भएको र अन्य पालिकामा सर्बसम्मत नै प्रतिनिधि छनौट भएका नेकपा एमाले बैतडीले जनाएको छ ।
असोज २१ र २२ गते धनगडीमा एमालेको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशन हुँदै छ ।