सहरमा रहेका बाँदरको भोक मेटाउँदै ‘आइ केयर यु’

October 27, 10:40

धनगढी । कञ्चनपुरको भीमदत्तनगरस्थित महेनद्रनगर बजारमा बस्दैआएका भोका बाँदरको भोक जनावरप्रेमी युवाको समूह आइ केयर युले मेटाउँदै आएको छ । 

जङ्गल जान बिर्सेर सहरमा खानाको खोजीमा भौंतारिने बाँदरलाई सो समूहले विगत चार पाँच वर्षदेखि खाना खुवाउँदै आएको हो । आफ्नो प्राकृतिक बासस्थानमा नगइ सहरमा भौतारिने बाँदरलाई हप्ताको दुई तीन दिन केरालगायत अन्य फलफूल खुवाउने गरेको समूहमा आबद्ध विष्णुप्रसाद पनेरुले जानकारी दिए । 

बाँदरलाई फलफूलका लागि कहिलेकाँही केही मनकारीले सहयोग गर्ने गरेको र धेरैजसो समय आफ्नै खर्चबाट फलफूल खुवाउने गरेको उनले बताए । “दशक अघिदेखि बजारमा बस्दै आएका बाँदर अब सायद जङ्गल फर्कदैनन्”, पनेरुले भन्नुभयो,“वनमा बस्ने बाँदर त्यहाँ जान नचाहेपछि समस्या भइरहेको छ ।” महेन्द्रनगर बजारमा करिब २० वटा बाँदर बस्दै आएका जनाइएको छ । 

आई केयर यु मा वन्यजन्तु तथा घरपालुवा जनावरप्रेमी एवम् संरक्षणमा क्रियाशील सात÷आठ जना आबद्ध छन् । उनीहरुको समूह आई केयर यु ले रोगी, बिरामी, घाइते छाडा चौपायदेखि लिएर कुकुरसमेतको उपचार गर्दै आएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा