नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि दवाव दिन अत्तरियामा टर्च बालेर विरोध

January 27, 8:37

अत्तरिया / कैलालीको अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि दवाव दिन टर्च बालेर विरोध गरिएको छ । नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि गठन गरिएको संघर्ष समितिले अत्तरिया चोकमा टर्च बालेर विरोध जनाएको हो ।

विरोध कार्यक्रम अन्तरगत सहभागी व्यवसायीले टर्च बालेर  अत्तरिया चोक परिक्रमा गर्दै दोषी पत्ता लगाउन माग गरेका थिए । संघर्ष समितिका संयोजक गणेश बलायरले समितिका पदाधिकारीले नक्कली टिकट भेटिने बितीकै समितिबाटै कारवाही गर्नुपर्नेमा ढाकछोप गरिएको बताए । उनले यस घटनामा समितिको साटघाट र राजनीतिक हस्तक्षेप भएको बताए । उनले नक्कली टिकट ठेलीका छानबिन नगरिए आगामी दिनमा थप सशक्त कार्यक्रम गरिने बताए ।

संघर्ष समितिका प्रवक्ता पुष्पराज सुवेदीले नक्कली टिकट ठेली प्रकरणको विषयमा छानविन गर्न माग गर्दै व्यवसायीहरू चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम लिएर अगाडि बढेको बताए । उनले अत्तरियाका व्यवसायीको बेइज्जत हुने काम भएकाले यसलाई सामान्य रुपमा लिन नहुने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा