खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनावद्ध रुपमा लागेको छ : मन्त्री देउवा

January 27, 8:40

अत्तरिया – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार योजनावद्ध रुपमा अघी बढेको बताएका छन । शनिबार कैलालीको गोदावरी नगरपालिका – ११ ओलानीमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति सुप प्रदेशस्तरिय कराँते प्रतियोगिताको उदघाटन सत्रमा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

उनले खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशिला तयार गर्न सकिने हुदाँ प्रदेश सरकारले खेलकुद क्षेत्रलाई विशेष महत्व दिएको बताए । ‘विद्यालयस्तर या जिल्ला स्तरमा व्यवस्थीत खेलसंरचना निर्माण गर्ने कार्य सुरु गरेका छौ’ उनले भने ‘राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीताले भौतिक पुर्वाधारमा लगानी वृद्धि हुने र वैदेशिक लगानी भित्र्याउन मद्दत पुग्ने गरी काम थालिरहेका छौ ।’

प्रदेश सरकारले खेलकुदमा बजेट विनियोजन गरी वर्षभरी नै खेलाडीको खेल खेल्ने वातावरण सृजना गर्नका लागि स्थानिय स्तरमा खेलमैदान, बहुउद्देश्यिय कबर्डहल निर्माण गर्ने लगायतका रणनितिहरु लिएको उनले बताए ।

उनले एउटा खेलाडीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा देशको नाम चिनाउन ठुलो भुमिका निर्वाह गर्ने भएकाले खेलकुदलाई मनोरञ्जनका रुपमा मात्रै नलिन आग्रह गरे । ‘खेलकुद भन्ने वित्तिकै दौडने, उफ्रिने हो, यसले बालबालिकाको पढाई बिग्रिन्छ भन्ने भावना विकसीत छ’ उनले भने ‘तर यसले बालबालिकाको मानसिक, मनोवैज्ञानिक, बौद्धिक, स्वास्थ्यका साथै निर्णय प्रकृयामा अब्बल बनाउन मद्दत गर्दछ भन्ने भावना राख्न जरुरी छ ।’ खेलकुद शिक्षालाई विद्यालय शिक्षाको अभिन्न अंगका रुपमा पाठ्यक्रममा नै समेट्नु पर्ने उनको भनाई छ ।

नेपालको निष्ठावान एवम् आर्दश पुरुषको नामबाट सञ्चालित भएकाले प्रतियोगीताको छुट्टै महत्व रहेको उनले बताए । उनले प्रतियोगीतामा करातेँ खेलाडीहरुलाई खेलका माध्यमबाट आफ्नो खेल प्रतिभा प्रर्दशन गर्ने उत्कृष्ट अवसर रहेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा