भोली सार्वजनिक बिदा छैन !

January 29, 9:42

धनगढी ।  सरकारले यो वर्ष पनि शहीद दिवसमा सार्वजनिक बिदा नदिने भएको छ । शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधेपछि गृह मन्त्रालयले यसबारे प्रतिक्रिया दिएको हो ।

विगतका वर्षमा शहीद दिवसमा सार्वजनिक बिदा नदिने गरिए पनि सरकारले अर्को वर्ष २०८१ मा भने बिदा दिने निर्णय गरिसकेको छ ।

मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिइएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

‘माघ १६ को शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधे,’ अधिकारीले  भने, ‘खासमा यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ । तर, अर्को वर्ष भने बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।’

उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत खुल्ने र सेवा प्रवाह हुनेछ ।

‘अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ,’ उनले भने, ‘तर, यसपालिलाई पनि बिदा दिइएको छैन ।’

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा