व्यवहारिक शिक्षा आवश्यक छ : सांसद पन्त

11
11
August 07, 5:35

धनगढी, साउन २२ - सुदूरपश्चिम प्रदेशसभा सांसद डिल्लीराज पन्तले व्यवहारिक शिक्षा नै अहिलेको आवश्यकता भएको बताएका छन् ।
बुधवार ईन्सच्यूट अफ हस्पीटालिटी एण्ड ईन्फर्मेशन टेक्नोलोगि धनगढीको स्वागत कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सांसद पन्तले, प्राविधीक शिक्षा नै गरिखाने शिक्षा भएको बताए । धनगढीमा अन्तराष्ट्रिय तहको हस्पीटालिटी र ईन्फर्मेशन टेक्नोलोगिको ईन्सच्यूट खुल्नु खुसीको बिषय हो सांसद पन्तले भने, यसलाई ब्यबस्थीत रुपमा संचालन गर्न ब्यबस्थापकहरु संग आग्रह गर्दछु । स्वागत कार्यक्रमको उद्घाटन सांसद पन्त र धनगढीका नगरप्रमुख नृपबहादुर वडले गरेका थिए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले शैक्षिक बेरोजगारी अहिलेको समस्या भएको बताए । स्नातक र स्नातकोत्तर तह उत्तिर्ण गरेका विद्यार्थीहरु बेरोजगार भएर सडकमा भौतारीरहेका छन् नगरप्रमुख वडले भने, त्यस कारण उप–महानगरले प्राविधीक शिक्षालाई प्राथमिकतामा राखेर अगाडी बढेको छ । धनगढी उप–महानगरपालिका भित्रका आधादर्जन जती विद्यालयमा प्राविधीक बिषयहरुको पठनपाठन सुरु गराई सकेका छौं नगरप्रमुख वडले भने, अन्य विद्यालयमा समेत प्राविधीक विषयको पठनपाठन गराउने योजना रहेको छ । धनगढी उप–महानगरपालिका स्वयंले पनि सिटिईभिटी संग समन्वय गरेर स्तरीय तालिम संचालन गर्ने तयारीमा रहेको नगरप्रमुख वडले बताए ।
ईन्सच्यूट अफ हस्पीटालिटी एण्ड ईन्फर्मेशन टेक्नोलोगिका अध्यक्ष भरतबहादुर कठायतले आफुहरु संग होटल म्यानेजमेन्टको कार्याक्रम रहेको बताए । यस संस्थामा अन्तराष्ट्रिय स्तरका बिज्ञहरु रहेका छन् कठायतले भने, तालिम लिएकाहरुले बेरोजगार बस्नु पर्दैन ।
ईन्सच्यूट अफ हस्पीटालिटी एण्ड ईन्फर्मेशन टेक्नोलोगिका निर्देशक सन्तोष रोकायाले आफु यसै क्षेत्रको ब्यक्ति भएकाले धनगढीबाट काम सुरु गरेको बताए । संस्थालाई सबै क्षेत्रको सहयोग आवश्यक हुने पनि निर्देशक पन्तले बताए ।  

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा