पर्यटक बढाउन अतिथी सत्कार आवश्यक: उप–प्रमुख भट्ट   

Sushila Mishra
Sushila Mishra
October 19, 3:48

धनगढी,

कातिक २ -
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले पर्यटक बढाउनका लागि अतिथी सत्कार आवश्यक भएको बताएकी छन् ।
नाटा सुदूरपश्चिमले आयोजना गरेको दशैं, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । पर्यटक भित्राउनका लागि पर्यटकलाई बुझ्ने धारणा तथा गरिने ब्यावहारमा परिवर्तन ल्याउनुपर्छ उप–प्रमुख भट्टले भनिन्, प्रहरी र कर्मचारीले भने जस्तै पर्यटन ब्यावसायीले पनि मुस्कान सहितको सेवा दिन सक्नुपर्छ ।
पुरानै तरीकाले भ्रमण बर्ष २०२० सफल पार्न नसकिने बताउदै उप–प्रमुख भट्टले भनिन्, त्यसका लागि नाटा सुदूरपश्चिले योजना बनाउनु आवश्यक छ । हामीले पर्यटक प्रती देखाउने ब्यावहार परिवर्तन नगरेसम्म पर्यटकीय विकास असम्भव छ उप–प्रमुख भट्टले भनिन्, पूर्वाधारको विकास त गरौला तर मानवीय ब्यावहारको सकारात्मक विकास पहिलो कुरा हो ।
नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकास भट्टले सुदूरपश्चिमको पर्यटकिय विकासका लागि गुरु योजना आवश्यक भएको बताए । उनले भने, यसका लागि तिनवटै सरकारको सहयोग आवश्यक छ । कार्यक्रममा नेपाल पर्यटक बोर्डका सदस्य कृष्ण महरा,  उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवर, होटल ब्यावसायी संघ कैलालीका अध्यक्ष कलम बम ,होटल ब्यावसायी प्रकाश भट्ट लगायतको उपस्थीति थियो ।      

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा