राष्ट्रिय
November 17, 4:32
१ मंसिर, रौतहट । जिल्ला कारागार रौतहटमा एक कैदी मृत अवस्थामा भेटिएका छन् । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका कारागाराका निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताए । २०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
बुधबार साह… विस्तृतमा
November 17, 3:10
१ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघले अदालतको गरिमाको रक्षा गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै महासंघले प्रधानन्यायाधीश जबराको नाम उल्लेख नगरी जिम्मेवार बन्न न्यायालय नेतृत्वलाई आग्रह गरेको हो ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ नेपाल बार एशोसिएसनले उठाएका सवालहरू र नागरिक तहबाट उठेका प्रश्नहरूलाई गम्भीर रूपमा… विस्तृतमा
November 17, 2:06
डोटी १ मंसिर
पुर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब नेपाल र नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेमगरको टोलीले प्रशिद्ध धार्मीक तथा पर्यटकीय महत्व बोकेको शैलेस्वरी मन्दिरको दर्शन गरेको छ ।
अब त्यहाँबाट डोटी बिड्डीकेदारमा दर्शन गर्ने बताएको छ । मन्त्री आले र बड्डी केदार पर्यटन बोर्ड संग बिशेष छलफल गर्ने मन्त्री आलेको सचिवालयले जानकारी… विस्तृतमा
November 17, 1:53
धनगढीः डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेस डडेल्धुरा बुधबारदेखि काठमाडौंमा अनशन बस्दै छ। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको डडेल्धुरामा दोहोर्याएर वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा अनशन सुरु हुन लागेको हो।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेदेखि धर्ना र अनशन सुरु गरिने सभापति मल्लले जानकारी दिएका छन्। यसअघि उनले… विस्तृतमा
November 16, 5:17
३० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटाबाट नियुक्त भएको भनी आरोप खेपेका संवैधानिक पदाधिकारीहरुले अप्रत्यक्ष रुपमा उनको बचाउमा वक्तव्य जारी गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा आठ संवैधानिक निकायका अध्यक्ष र ३१ जना सदस्यहरुले विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिको पहिलो वाक्यमा नै सर्वोच्च अदालतमा दुई सातादेखि बन्दीप्रत्यक्षीकरण… विस्तृतमा
November 16, 1:20
विमल विष्ट
काठमाण्डौ, कात्र्तिक ३०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँ बिच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन… विस्तृतमा
November 15, 10:51
काठमाडौं - युके युनिभर्सिटी फेयर २०२१ हुने भएको छ। एस.आइ.यूकेको आयोजनामा मंसिर ५ मा युके युनिभर्सिटी फेयर २०२१ हुने बताइएको छ। बेलायत पढ्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सन् २०१८ देखि नेपालमा यो सेवा सुरु गरेको हो।
एस.आइ.युकेले ३६ देशमा ७६ ग्लोबल अफिसमार्फत प्रत्यक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीलाई युके र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न… विस्तृतमा
November 14, 3:00
२८ कात्तिक, काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।
हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन… विस्तृतमा
November 14, 1:35
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् ।
आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् । उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क… विस्तृतमा
November 14, 12:48
काठमाडौँ,२८ कात्तिक - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमता विश्वभर चिनाउनुपर्ने बताएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए… विस्तृतमा
November 14, 11:20
काठमाण्डौ-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज पनि अवरोधकैबीच सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ ।
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर आज पनि सर्वोच्चमा धर्ना दिएका छन् । उनीहरुले गएको शुक्रवार पनि जबरालाई अदालत प्रवेश गर्न रोकेका थिए । तर उहाँ अर्को गेटबाट भित्र छिर्नुभएको थियो । शुक्रवार जस्तै आज पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै छिर्नुभएको हो ।
अदालत… विस्तृतमा
November 12, 2:30
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूह फुटेको छ। पौडेल समूहका एक सदस्य पूर्व महामन्त्री प्रकाशमान सिंह आगामी महाधिवेशनमा सभापति उठ्ने गरी एक्लै अघि बढेका छन्।
यससँगै पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध आसन्न महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सम्भावना टरेको छ। पौडेल समूहबाट सभापतिका आकांक्षी सिंह अब एकल ढंगबाट अगाडि बढे महाधिवेशनमा प्रतिस्पर्धा गर्ने… विस्तृतमा
November 12, 12:44
विराटनगर । विराटनगरको एउटा घरमा चोरी गर्न छिरेका एक जना युवा छतबाट लडेर गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार चोरी गर्न विराटनगर महानगरपालिका–८ की हेमकुमारी भुजेलको घरमा छिरेका मोरङको कटहरी गाउँपालिका–२ का २५ वर्षीय सतिस विश्वास आज (शुक्रबार) बिहान साढे २ बजेतिर लडेर घाइते भएका हुन् ।
घरमा चोरी हुन लागेको थाहा पाएपछि घरधनीले होहल्ला गर्दा भाग्ने क्रममा विश्वास लडेर घाइते भएको मोरङ प्रहरीका… विस्तृतमा
November 12, 12:16
काठमाडौँ,२६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन् ।प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन जारी रहँदा राणा भने मुख्य गेट छलेर अर्को गेटबाट सर्वोच्च प्रवेश गरेका हुन् ।
बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् ।मुल गेटमा नेपाल… विस्तृतमा
November 11, 2:40
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा इजलास नबसी सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।
आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेशीमा चढाएका जबरा उक्त मुद्दाहरूमा सुनुवाइ नगरी सर्वोच्चबाट बाहिरिएका हुन् ।
यसअघि प्रायः कार्यालय समयमा सर्वोच्चमै रहने जबरा आज इजलास नै नबसी बाहिरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपाल बार एसोसिएसनको विरोध सभामा प्रहरीले हस्तक्षेप गर्दा आज सर्वोच्च परिसरमा… विस्तृतमा