राष्ट्रिय
December 14, 2:58
काठमाडौं ,२८ मंसिर / सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् । मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश… विस्तृतमा
December 13, 10:43
काठमाडौं, २७ मंसिर / बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उनको सचिवालयले जनाएको छ ।
पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको भन्दै त्यसलाई भत्काएर तीन(तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको छ । एक रोपनी जग्गामा बनाइएको एउटा… विस्तृतमा
December 09, 10:20
विमल विष्ट
काठमाडौँ / २३ मङ्सिर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गएको बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । बिमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि मन्त्री आलेको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको… विस्तृतमा
December 03, 6:16
३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरेको छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतीहरूको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।
सन् २००७ सम्म यसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्ने गरिन्थ्यो ।… विस्तृतमा
November 25, 11:19
काठमाडौँ,९ मंसिर । कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज सकिने भएको छ। केन्द्रीय तथ्यांक विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छन्।
विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३ सय ५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक खटाएको छ।
विभागले… विस्तृतमा
November 24, 11:52
काठमाडौंः बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ। नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो।
बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेटमा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको बताइएको छ।
अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ।
स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले… विस्तृतमा
November 24, 8:59
काठमाडौँ - प्युठानमा गोली चलेको छ । प्युठानको स्वर्गद्वारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत जिल्ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरूले झडप गरेपछि प्रहरीले रबरकाे गोली चलाएको हो ।
सभापतिका उम्मेद्वार शेखर–गगन पक्षका विष्णु गिरीले ५२९ मत ल्याएका थिए भने देउवा पक्षका शिव रिजालले ४६९ मत ल्याएका थिए । १०६५ मत खसेकोमा ६ मत बदर भएको थियो भने ६५ मत गणना गर्न बाँकी रहेका… विस्तृतमा
November 23, 11:29
विमल विष्ट
काठमाडौँ, मङ्सिर ७
नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीको टोलीले आज मन्त्रालयमा गरेको सिष्टाचार भेटवार्तापछि मन्त्रीको आग्रहमा वायुसेवा निगमको कालोसूची हटाउनमा युरोपियन… विस्तृतमा
November 22, 11:54
काठमाडौँ,६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।
बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ ।
एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले… विस्तृतमा
November 21, 1:58
काठमाडौँ — कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् । कानुनको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजिएको उनीहरुले बताएका छन् ।
आइतबारको प्रदर्शनमा वकिलहरुले 'दंगा प्रहरी बाहिर जा'… विस्तृतमा
November 21, 1:44
५ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघले राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन आग्रह गरेको छ ।
पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।
‘…… विस्तृतमा
November 18, 9:51
काठमाडौं– सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाका मनोनीत एकसहित २० जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । सरकारले रिक्त हुने पदमा माघ १२ गते नै निर्वाचन गर्ने भएको हो । निर्वाचन आयोगले माघ १० गते अगावै निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको थियो ।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण… विस्तृतमा
November 18, 4:26
२ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भोलि ३ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको नेपाल बारले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको छ । बारले बिहीबार गरेको आकस्मिक पत्रकार सम्मेलनमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले… विस्तृतमा
November 18, 2:22
विमल विष्ट
काठमाडौँ, मङ्सिर २
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका राजदुत भोसिता भोरासफ बिच आज बिहिबार मन्त्रालयमा भएको सिष्टाचार भेटघाटका क्रममा राजदुत भोरासफले केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनु भएको हो ।राजदुतसँगको… विस्तृतमा
November 18, 11:01
काठमाण्डाै - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ ।
खेल दोहामा रहेको वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो पौने चार बजे हुनेछ । नेपाल आज श्रृङ्खला क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको श्रृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । नेपालले पहिलो खेलमा अस्ति कतारलाई १ सय १९ रनले हराएको थियो भने हिजो ६१ रनले पराजित गरेको थियो ।… विस्तृतमा