कात्तिक २५ मा सुरु भएको राष्ट्रिय जनगणना आज सकिँदै

news
news
November 25, 11:19

काठमाडौँ,९ मंसिर । कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज सकिने भएको छ। केन्द्रीय तथ्यांक विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छन्। 

विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३ सय ५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक खटाएको छ। 

विभागले आज जनगणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर्ष भित्रमा नतिजा सार्वजनिक गर्ने जनाएको छ। ‘मेरो गणना मेरो सहभागिता’ मूल नाराकासाथ गत कात्तिक २५ गतेदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको हो। हरेक १० वर्षमा गरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक भएको हो। 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा