राष्ट्रिय
January 05, 12:43
काठमाडौं २१ पुस / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको मौखिक निर्देशनमा अर्को निर्णय नभएसम्मका लागि दरबार संग्राहलय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकस समितिले मंगलबार नारायणहिटी दरबार संग्राहलयमा रेस्टुेरन्ट निर्माणको काम रोक्न निर्देशन दियो । तर, रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का पाएर छिरेको बतास समूह अन्तरगतको बी म्यानेजमेन्ट प्रालि नारायणहिटीबाट सँधैका लागि निस्कने/… विस्तृतमा
January 02, 5:54
बुटवल,पुस १८ / बुटवल १७ बाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको रिब्दिकोट २ लघुवामा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका ७ जनाको सनाखत भएको छ ।
लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको र १५ जना घाइते भएका थिए । साे बसमा ३५ जना मलामी सवार थिए। प्रहरीले मृतक र घाइतेको सनाखत भएको जनाएको छ ।
घटनामा परि मृत्यु हुनेहरुमा अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का २५… विस्तृतमा
January 02, 5:36
काठमाडौँ ,पुस १८ / नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।
प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर… विस्तृतमा
January 02, 5:21
काठमाडौं : गुणस्तरहीन रासायनिक मल खरिद गरेर एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गुणस्तरहीन डिएपी मल खरिद गरि एक अर्ब ५३ लाख २२ हजार चार सय ६ रुपैयाँ हिनामिना गरेको अभियोगमा कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जनाविरुद्ध अख्तियारले आइतवार… विस्तृतमा
January 02, 4:29
धनुषा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ गाेदारमा राजमार्ग बन्द गरी बसेका डा. सीके राउत नेतृत्वकाे जनमत पार्टी नेपालका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
आज आइतवार बिहानैदेखि सडक बन्द गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
केही समय… विस्तृतमा
December 28, 5:48
जनकपुरधाम,१३ पुस / प्रदेश नम्बर २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको हो ।
समितिमा सभामुख यादव, उपसभामुख उपमा देव, उपसभामुख उपेन्द्रप्रसाद कुशवाहा, सदस्यहरु किशोरी साह ९कमल०, जगतप्रसाद यादव, दिलीपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव,… विस्तृतमा
December 28, 12:11
काठमाडौँ,१३ पुष / आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सोमबार सम्बद्ध अधिकारीसँग छलफल गरेका… विस्तृतमा
December 28, 11:25
अछाम १३ पुष / देशका प्रमुख चारधाममध्ये एक हो, अछामको वैद्यनाथ धाम। संंसारकै दुईवटा शिवलिंग एकै ठाउँमा भएको धामका रूपमा यो परिचित छ। परिचित र ऐतिहासिक भए पनि पछिल्लो समय यसको जग्गा अतिक्रमणको चपेटामा छ। जग्गा अतिक्रमण गरेर खुम्च्याइँदैछ। गुठीको ८ सय ६२ रोपनी ३ पैसा जग्गा अतिक्रमण भएको छ। गत वर्ष सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मालाई… विस्तृतमा
December 24, 8:17
विमल विष्ट, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।
विमानस्थलमा यात्रुहरूको चाप बढी हुने भएकाले यहाँका शौचालयदेखि अन्य क्षेत्रहरू सफा र चिटिक्क हुनु पर्ने… विस्तृतमा
December 23, 2:09
बझाङ, ८ पुष \ बझाङभित्र चल्ने साना सार्वजनिक सवारी साधनले यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा असुल गरेका छन् । यातायात व्यवसायी आफैले सहमती गरेर तोकेको भाडादरभन्दा १५ गुणा बढी रकम असुल गर्दा पनि नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय निरिह जस्तै भएको छ ।
भदौ २८ गते मात्रै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला यातायात व्यवस्था समितिले साविकको भाडादरमा २५ प्रतिशत बृद्धी गर्दै नयाँ दर… विस्तृतमा
December 22, 2:01
काठमाण्डाै,७ पुष\ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले 'पक्षपूर्ण व्यवहार बन्द गर' भन्ने लगायतका नारा लगाउँदै आज बुधवार पनि प्रतिनिधि सभा बैठकमा अवराेध गरेकाे छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदले बेल घेराउसहित चर्काबाजी गर्दै प्रतिनिधि सभा अवराेध गर्ने कामलाई निरन्तरता दिएको हो ।
यता सभामुख सापकोटाले सभालाई सुरु गराएर आफ्ना असहमति राख्न पटक–पटक आग्रह गरे पनि एमाले… विस्तृतमा
December 16, 1:46
१ पुस, काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले जम्मा २१ मत पाएका थिए । जबकि उनकै प्यानमा रहेका गगन थापाले ७० मत पाएका थिए… विस्तृतमा
December 16, 1:27
काठमाडौँ / रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन्।
रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन्।
December 16, 11:45
सोलुखुम्बु / सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब २६ प्रतिशतले वृद्धि भएको छ । निकुञ्जमा करिब ३ महिना अघि गरिएको सर्वेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार आर्थिक वर्ष २०७३र०७४ को भन्दा अहिले २६ प्रतिशतले हिउँ चितुवाको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार ०७३र०७४ को सर्वेक्षणमा २२२ वटा हिउँ चितुवा रहेको थियो तर करिब… विस्तृतमा
December 16, 10:33
काठमाडौँ,१ पुस । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ । निर्वाचन आयोगले आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न आह्वान गरेको छ। निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिन सकिनेछ।
निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ… विस्तृतमा