बझाङमा स्थानीय रुटमा यातायात व्यवसायीको लुट

aa
aa
December 23, 2:09

बझाङ, ८ पुष  \ बझाङभित्र चल्ने साना सार्वजनिक सवारी साधनले यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा असुल गरेका छन् । यातायात व्यवसायी आफैले सहमती गरेर तोकेको भाडादरभन्दा १५ गुणा बढी रकम असुल गर्दा पनि नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय निरिह जस्तै भएको छ ।

भदौ २८ गते मात्रै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला यातायात व्यवस्था समितिले साविकको भाडादरमा २५ प्रतिशत बृद्धी गर्दै नयाँ दर सार्वजनिक गरेको थियो । साविकको भाडादरमा २५ प्रतिशतले बृद्धी गर्दा पक्की सडकमा चल्ने जिपको हकमा प्रतिकिलोमिटर ६ रुपैया २५ पैसा र कच्ची सडकको हकमा प्रतिकिलोमिटर १० रुपैयाँ कायम गरिएको थियो । समितिले जारी गरेको भाडादर यातायात व्यवसायीले कार्यान्वयन गर्न नमानेपछि त्यसको १० दिन नवित्दै यातायात व्यवस्था समिति कै पहलमा असोज ६ गते बसेको सर्वपक्षिय बैठकले पुन भाडादर बृिद्ध गरेको थियो ।

सर्वपक्षिय बैठकले भाडादर बढाएर पक्की सडकको हकमा प्रतिकिलोमिटर ७ रुपैया कायम गरेको थियो भने कच्ची सडक प्रतिकिलोमिटर १२ रुपैया पुर्‍याइएको थियो । यातायात व्यवसायीहरूले भाडा कम भएको भन्दै विरोध गरेपछि जिल्ला समन्वय समितिका संयोजक खडगबहादुर खडकाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यातायातव् यवसायीहरूको सहमतीमा भाडा वृद्धि गरेको थियो । बैठकमा विभिन्न पालिकाका प्रमुखहरू, यातायात व्यवसायीहरूका प्रतिनिधि र सरोकारवालाको उपस्थिती थियो । यातायात व्यवसायीहरूको समेत सहमतीमा सर्वपक्षिय बैठकले पक्की सडकको हकमा साविकको दरमा ४० प्रतिशत र कच्ची सडकको हकमा ६० प्रतिशत बृद्धि गरिए पनि व्यवसायीहरूले आफुखुशी भाडा लिन छोडेका छैनन ।

बैठकले तीन दिनभित्र तोकिएको भाडादर लागु गर्नु पर्ने, सबै सार्वजनिक यातायातका साधनहरूमा अनिवार्य भाडाको दररेट यात्रुहरूले देख्ने गरी टाँस्नु पर्ने, तथा यात्रुलाई अनिवार्य टिकट दिनु पर्ने निर्णय गरे पनि यसको पालना गर्नुको साटो मनपरी भाडा असुल्न थालेकाछन । प्रशासनले तोकेको भाडादर लागु गर्नु पर्छ भन्दा उल्टै यात्रुमाथि दुर्व्यवहार गर्ने र कुटपिट समेत गर्ने गरेको गुनासो यात्रुहरूले गरेका छन् ।

‘प्रशासनले तोकेको भाडाले भन्दा कुट्न आउछन । गाडीबाट तानेर बाहिर निकाल्छन’ खप्तडछान्ना गाउँपालिकाको तमैलदेखि लामातोलासम्म ६ किलोमिटरको भाडा ३ सय असुल्ने गरेको बताउदै खप्तडछान्नाका मनोज बोगटीले भने ‘प्रहरी कै अगाडी यात्रुलाई कुटपिट र गालिगलौज गर्दा पनि कोही बोल्दैनन । जिपवालाको मनपरी छ ।’
ग्रामिण रुपमामात्रै नभई पक्की सडक भएको जयपृथ्वी राजमार्गमा चल्ने जिपहरूले पनि तोकिएको भन्दा कैयौ गुणा बढी भाडालिने गरेकाछन । सदरमुकाम चैनपुर देखी ११ किलोमिटरको दुरीमा रहेको तमैलसम्मको भाडा २ सय ५० रुपैया सम्म असुल गरेकाछन । ‘प्रशासनले तोकेको भन्दा बढी भाडा किन लिएको भन्दा भाडा तोक्ने प्रशासनले होइन हामीले हो भन्छन’ एकजना यात्रु कृृष्ण जोशीले भने ‘बढी बोल्यो भने हातपात गर्न आइहाल्छन ।’ उनले यातायात व्यवसायीहरूले सरकारी नियमको उल्लंघन गर्दै सर्वसाधारणलाई दिनदहाडै लुटदा पनि नियन्त्रण गर्ने निकाय मौन रहनुको पछाडी आर्थिक लेनदेन हुन सक्ने संका व्यक्त गरे । ‘सबै ठाउँमा कमिसन पुग्छ होला र त सबै चुपचाप छन । नभए जनता यसरी लुटिन त नदिनु पर्ने हो’ उनले भने ।

खप्तडछान्ना र जयपृथ्वी राजमार्गमामात्रै नभएर जिल्ला भरीका सबै सडकमा चल्ने सार्वजनिक यातायातले मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ । सदरमुकाम चैनपुरबाट चल्ने तल्कोट, सुर्मा, मष्टा, छविस पाथीभेरा, दुर्गाथली गाउँपालिका, जयपृथ्वी र बुंगल नगरपालिकाका सडकमा चल्ने जिपहरूले १५ गुणासम्म बढीभाडा असुल गर्ने गरेको यात्रुहरू बताउछन ।

दोस्रो पटक भाडा बृद्धी गरिसकेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने र नगरेको पाइएमा कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताएका थिए । उनले जिल्ला प्रशासन कार्यालयले भाडादर र सवारी मापदण्ड पालना भए नभएको बारे नियमित अनुगमन गरिने र कसैले मनपरी गरेको पाइएमा ठाउँको ठाँउ कारबाही गरिने बताए पनि हालसम्म न कतै अनुगमन गरिएको छ नत कसैलाई कारबाही नै भएको छ ।

‘यातायात व्यवस्थापन समितिले तोकेको भाडादर लागु भए नभएको अनुगमन गर्नुको साटो सरकारी कर्मचारी र जनप्रतिनिधीले ब्यबसायीलाई काखमा च्यापेर जनतालाई मर्कामा पार्ने काम भएको छ’ नागरिक समाजका अगुवा धर्मजंङबहादुर सिंहले भने ‘यातायात व्यवसायीको दादागिरीको अगाडी राज्य संयन्त्र नै लाचार भएको देखिन्छ । यो भन्दा लज्जाको विषय अरु के होलारु’

यता निमित्त प्रमुख जिल्ला अधिकारी रामराज गौतमले भने भाडा दर नियमन गर्न जिल्ला प्रशासन कार्यालयले प्रयास गरिरहेको बताए । ‘डिएसपी साब पनि नयाँ आउनु भएको छ । उहाँलाई पनि भाडादर दिएर हामीले अनुगमन गर्न भनिरहेका छौ’ उनले भने ‘एक दुइदिनभित्रै व्यापक अनुगमन गरेर बढी भाडालिनेलाई कारबाही गर्छौं ।’

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा