सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या झण्डै २६ प्रतिशतले बढ्यो

news
news
December 16, 11:45

सोलुखुम्बु /  सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब २६ प्रतिशतले वृद्धि भएको छ । निकुञ्जमा करिब ३ महिना अघि गरिएको सर्वेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार आर्थिक वर्ष २०७३र०७४ को भन्दा अहिले २६ प्रतिशतले हिउँ चितुवाको सङ्ख्यामा वृद्धि भएको पाइएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार ०७३र०७४ को सर्वेक्षणमा २२२ वटा हिउँ चितुवा रहेको थियो तर करिब तीन महिना अघिको गरिएको सर्वेक्षणमा तीन सय वटाभन्दा बढी रहेको देखिएको छ । तर, गणनाको अन्तिम रिपोर्ट आउन भने बाँकी रहेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

साथै निकुञ्जमा झारलको सङ्ख्यामा समेत उल्लेख्य रुपमा वृद्धि भएको अनुमान गरिएको छ । करिब आधा दशक अघि फाट्टफुट्ट रुपमा मात्रै देख्न पाइने झारल अहिले प्रशस्त मात्रामा देखिने गरेको प्रत्यक्षदर्शी दावा शेर्पाले बताउनुभयो ।

निकुञ्ज क्षेत्रमा बासस्थान बढेसँगै वन्यजन्तुहरु बढेको हुन सक्ने निकुञ्जको अनुमान छ । विगतमा स्थानीयवासी वन पैदवारमा बढी सक्रिय हुँदा वन्यजन्तुको बासस्थान कम हुँदै गए पनि पछिल्लो केही वर्षयता स्थानीयवासी आफैँ वनजङ्गल संरक्षणमा जुटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।

उहाँका अनुसार केही वर्ष पहिला खुम्बु क्षेत्रमा घर निर्माण गर्दा अत्याधिक मात्रामा रुख विरुवाको फँडानी भएको थियो । तर अहिले घर निर्माणमा प्लाइउड तथा फलामका सामग्रीहरु प्रयोग गर्ने क्रम बढेसँगै वन जङ्गल फँडानी हुने क्रम केही घटेको निकुञ्जले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा