सर्वोच्चबाट बाहिरिए जबरा

news
news
November 11, 2:40

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा इजलास नबसी सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेशीमा चढाएका जबरा उक्त मुद्दाहरूमा सुनुवाइ नगरी सर्वोच्चबाट बाहिरिएका हुन् ।

यसअघि प्रायः कार्यालय समयमा सर्वोच्चमै रहने जबरा आज इजलास नै नबसी बाहिरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल बार एसोसिएसनको विरोध सभामा प्रहरीले हस्तक्षेप गर्दा आज सर्वोच्च परिसरमा तनाव भएको थियो । यससँगै त्यहाँ सशस्त्र प्रहरीसमेत तैनाथ गरिएको थियो । प्रहरी हस्तक्षेपको विरोधमा बारले भोलि इजलास बहिस्कार गर्ने भएको छ भने प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा पनि गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा