राजनीति
April 08, 7:04
कैलाली,२५ चैत्र / सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसबाट तीन जना आज मन्त्री बन्दैछन् । आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुनुअगावै तीन जनाले सपथ लिनेछन् ।
सुदूरपश्चिम प्रदेश सभामा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा संसदीय दलका नेतासमेत रहेका डा। रणबहादुर रावल, सामाजिक विकास मन्त्रीमा गोबिन्द बोहरा र राज्यमन्त्री टेक बहादुर रैका चयन हुँदैछन् ।
April 08, 6:24
धनगढी २५चैत्र / सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिने भएको छ । नेपाली कांग्रेसलाई सरकारमा सहभागिता गराउने तयारी भएसँगै समाजवादी पार्टी भने सरकारबाट बाहिरिने तयारी गरेको हो ।
समाजवादीकोतर्फबाट मन्त्री भएकाहरुले सामुहिक राजिनामा दिने तयारी गरेका छन् । नेकपा एस सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहका अनुसार सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने बिषयमा छलफल भइरहेको छ ।… विस्तृतमा
April 08, 5:18
धनगढी,२५ चैत / प्रेस चौतारी केन्द्रीय निर्वाचन उपाध्यक्ष प्रकाश मिश्रले घोडाघोडी नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।
एमालेको शुक्रबार सम्पन्न नगर कमिटीको सातौं पूर्ण बैठकमा उम्मेदवारबारे छलफल भएको थियो । सर्वसम्मत रुपमा प्रमुख र उपप्रमुख सिफारिसको प्रयास भएपनि आकांक्षी धेरैभएपछि सफल हुन सकेन। उक्त बैठकमा ४ जना प्रमुख र ८ जनाले उपप्रमुखमा दाबी गरेका थिए ।
मेयरमा ममता प्रसाद चौधरी,… विस्तृतमा
April 06, 4:19
धनगढी,२३ चैत । स्थानीय निर्वाचनमा कैलालीमा पनि पाँच दल गठबन्धन गरेर जाने भएका छन् । बुधवार काँग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकले गठबन्धन प्रति पूर्ण प्रतिबद्ध रहने निर्णय गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) कैलालीका उपाध्यक्ष तथा वार्ता समूहका सदस्य विमल जोशीले दलहरू गठबन्धन प्रति प्रतिबद्ध रहने निर्णय गरेको बताए । उनले आ–आफ्नो दलले आन्तरिक छलफल जारी राख्ने सहमति भएको छ ।
आउँदो २५… विस्तृतमा
April 06, 2:38
डोटी,२३ चैत्र / आशन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदैँ गर्दा गाउँगाउँमा अहिले चुनावी चटारो सुरु भएको छ । वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ ।
यसकारण दलहरू यतिबेला मतदाता रिझाउनेदेखि आफ्ना उम्मेदवारहरू तय गर्न दौडधुप गरिहेका छन । यसले गाउँमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तहहरूमा नेतृत्व लिन ठूला दलहरूमा आकांक्षीहरूबीचमा रस्साकस्सी पनि व्यापक छ ।
यस्तोमा डोटीको आदर्श… विस्तृतमा
April 06, 10:35
काठमाडौँ २३ चैत्र/ अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिए । काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले… विस्तृतमा
April 06, 9:40
काठमाडौँ,२३ चैत /निर्वाचन आयोगले मंगलबार ६० बुँदे निर्देशन जारी गर्दै चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाउने भएको छ ।
‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने,’आयोगको निर्देशमा उल्लेख छ ।
यसैगरी, जुलुस, आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको… विस्तृतमा
April 05, 5:01
काठमाडौँ,२२ चैत । नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन । निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । आयोग पुगेका केही राजनीतिक दलले छलफल विनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि… विस्तृतमा
April 05, 4:31
डोटी २१ चैत्र / सत्तारुढ गठबन्धनमा रहेका ३ दलले डोटीमा पनि चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । मंगलबार कांग्रेसका डोटी सभापति नरेन्द्र बहादुर सिंहको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले आगामी स्थानीय तहको चुनावमा आपसी सहमतिका आधारमा तालमेल गर्ने निर्णय गरेको हो ।
बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आवश्यकता र आपसी सहमतिका आधारमा तालमेल गर्ने गरी निर्णय भएको कांग्रेसले जनाएको छ । बैठकमा… विस्तृतमा
April 05, 12:08
काठमाडौँ,२२ चैत / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै छ ।
त्यसका लागि स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आज बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा बोलाइएको छ ।
निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिताबारे जानकारी… विस्तृतमा
April 03, 7:28
कञ्चनपुर,२०चैत्र / कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कञ्चनपुरको वेदकोट नगरपालिका९३ दैजीमा आयोजित… विस्तृतमा
April 03, 12:47
धनगढी,२० चैत्र / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल धनगढी पुगेका छन्। सुदूरपश्चिममा अन्य पार्टीमा रहेका केही नेता कार्याकर्ता समाजवादीमा प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आइतबार धनगढी पुगेका हुन्।
उनले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलेको बताए। ‘समयको प्रवाह हाम्रो पक्षमा छ। यो देखेर सबै हिसाबले प्रतिगामी दिशामा लागेकाहरुको… विस्तृतमा
April 03, 7:55
दार्चुला / नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सम्मानजनक अस्तित्व स्थापित हुने गरि चुनावमा गठबन्धन हुने बताउनुभएको छ । शनिवार प्रेस सेन्टर नेपालद्धारा दार्चुला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउनुभएको हो ।
उनले सुदूरपश्चिममा नेकपा माओवादी एक ढिक्का भएको बताउँदै आगामी निर्वाचनमा नयाँ शिराबाट अगाडि बढ्ने बताए । केन्द्रदेखि वडासम्म गठबन्धनको कुरा… विस्तृतमा
April 02, 2:29
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो। लगतै प्रतिनिधिमण्डल स्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ।
लगत्तै संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालका… विस्तृतमा
March 26, 9:03
कञ्चनपुर,१२ चैत्र / स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा २३ वटा दल दर्ता भएका छन्।
स्थानीय तहको निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा २०७८ साल फागुन ५ गतेदेखि फागुन १५ गतेसम्म निर्वाचन कार्यालयमा दल दर्ताका लागि आह्वान गरेअनुरूप दल दर्ता भएका हुन्।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका… विस्तृतमा