राजनीति
April 19, 11:30
धनगढी, ६ बैशाख / यही ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा तालमेल गरेर जाने निर्णय गरेको सत्तारुढ गठबन्धनलाई नेतृत्व भागबण्डामा भने सकस देखिएको छ । गठबन्धनमा आवद्ध दलहरुबीच कुनै पनि जिल्लामा नेतृत्व भागबण्डामा सहमति जुटेको छैन । बरु दलहरुका कतिपय पालिका र निर्वाचन क्षेत्रका कमिटीले आ–आफ्नो तहमा तालमेल नगर्ने निर्णय गर्दै उम्मेदवार घोषणा र सिफारिस गर्न थालेका… विस्तृतमा
April 19, 11:24
काठमाडौं,६ बैशाख / पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित बनेको ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत जस्तै यसपटक पनि चर्चित कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ ।
‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्री पंगेनी, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।
चर्चित गायक खाँण… विस्तृतमा
April 19, 11:10
काठमाडौं,६ वैशाख / सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
April 19, 10:26
धनगढी,६ वैशाख । स्थानीय तहको आसन्न चुनावका लागि उम्मेदवारको टुङ्गो लगाउन राजनीतिक दलहरुलाई सकस भएको छ । प्रमुख, उपप्रमुखका लागि आकाङ्क्षी धेरै भएपछि दलहरुलाई उम्मेदवारको टुङ्गो लगाउन समस्या भएको हो ।
यस्तै समस्याको भूमरीमा परेको छ नेपाली काङ्ग्रेस । कैलालीका पालिकामा सो पार्टीबाट प्रमुख, उपप्रमुख पद्मा धेरै जना व्यक्ति आकाङ्क्षी देखिएका छन् । आकाङ्क्षी धेरै देखिएपछि सो पार्टीले उनीहरुको नाम… विस्तृतमा
April 15, 6:25
काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बठैकमा गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।उनले गठबन्धनको मर्म विपरीत जान नहुने धारणा परिचालन समितिका… विस्तृतमा
April 13, 2:55
काठमाडौँ,३०चैत / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी खारेज हुन सक्ने चेतावनी दिएको छ । राजीनामा दिनुपर्ने व्यवस्थालाई सर्वोच्च अदालतले अल्पकालीन आदेशबाट रोक लगाएपछि बुधबार निवेदन लिएर सर्वोच्च पुगेको निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा नदिई स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिए खारेज हुनसक्ने चेतावनी दिएको हो । ३० वैशाखमा हुने स्थानीय… विस्तृतमा
April 13, 10:12
अछाम ३० चैत्र / अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट धर्मबहादुर शाही उम्मेदवार चयन भएका छन्। उपाध्यक्षको उम्मेदवारमा युवा नेतृ एमाले अछामकी सदस्य मायादेवी बुढा चयन भएकी छिन्।
त्यस्तै, आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका लागि पालिकाको वडा नम्बर ३ बाट धनबहादुर बुढा, ४ बाट नैनसिंह बुढा र ८ बाट दीपेन्द्र खड्कालाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको बताइएको छ। एमालेको ढकारी… विस्तृतमा
April 12, 1:20
डोटी, २९ चैत / नेपाली कांग्रेस शिखर नगर कमिटिले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । गठबन्धनमा रहेका सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसँग तालमेलका विषयमा सहमति हुन नसके पछि कांग्रेसले एक्लै चुनाव लड्ने निधो गरेको हो ।
चुनावी तालमेलका सम्बन्धमा सत्ता साझेदार दलका नेताहरुका बीच पटक–पटक छलफल भए पनि सहमति हुन नसकेको कांग्रेसले जनाएको छ । ११… विस्तृतमा
April 12, 12:19
काठमाडौँ,२९ चैत । स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्न लागेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने बताए ।गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान… विस्तृतमा
April 11, 9:20
नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्जमा मान बहादुर जोरा निर्वाचित भएका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनको यही चैत्र २५ देखी २६ गते काठमाडौंमा सम्पन्न भएको दशौं राष्ट्रिय सम्मेलनबाट सुदूरपश्चिम प्रदेशको कैलालीबाट जोरा निर्वाचित भएका हुन् ।
केन्द्रमा अध्यक्ष प्रा.डा. वेदराज के.सी.लगायत सम्पूर्ण पदाधिकारी निर्वाचित भएका छन् । यस्तै सुदुरपश्चिम… विस्तृतमा
April 11, 6:34
बझाङ,२८ चैत / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको बताएका छन् । बझाङको चैनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको बताए ।
अहिलेको सरकारले स्थानीय तह जनप्रतिनिधि विहीन बनाउन खोजेको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भने, ‘म आग्रह गर्न चाहन्छु, त्यस्तो प्रयास नगर्नुस्, ।’ अध्यक्ष ओलीले… विस्तृतमा
April 11, 4:18
धनगढी,२८ चैत्र / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली आइपुगेका हुन् ।
ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ आइपुगेका छन् ।
April 11, 11:09
धनगढी,२८ चैत । स्थानीय तहको आगामी निर्वाचनमा प्रदेश भरि नै चुनावी तालमेल गर्न गठबन्धन दल सकारात्मक देखिएका छन् । वडा तहदेखि नै तालमेल गरेर अगाडि बढ्ने गठबन्धन दल सकारात्मक देखिएका हुन ।
यद्यपि, चुनावी तालमेलका लागि निर्णय भएकै कञ्चनपुरको क्षेत्र नम्बर १ र तालमेलको निर्णयप्रति असन्तुष्टि पनि देखिएको छ । सत्ता साझेदार दलले केही जिल्लामा तालमेल गर्ने औपचारिक निर्णय नै गरिसकेका छन् । कैलालीमा पनि… विस्तृतमा
April 10, 8:01
टीकापुर २७ चैत्र/सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले स्थानीय तहाको निर्वाचन गठबन्धन हुने बताएका छन् । यो विषयमा पार्टीमा समेत छलफल भइरहेको उनले बताए ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहनगरमा नेपाली काँग्रेस टीकापुर नगर समितिद्धारा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री डा. रावलले सो आरोप लगाएका हुन् । डा. रावलले पार्टीमा लागेपछि… विस्तृतमा
April 08, 8:57
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा काँग्रेसलाई पनि सहभागी गराइएको हो।
मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा… विस्तृतमा