राजनीति
April 22, 6:01
धनगढी, ९ वैशाख / नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनका लागि सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने भएको छ । उक्त पार्टीले सुदूरपश्चिमका ८८ पालिकासहित सम्पूर्ण वडामा उम्मेदवारी दिने भएको हो ।
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले तल्ला कमिटीहरूलाई आन्तरिक सर्कुलरमार्फत यस्तो नीति तय गरेको हो ।सत्ता गठबन्धनको शीर्ष नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको मेयर कांग्रेसलाई दिने… विस्तृतमा
April 22, 5:41
धनगढी, ९ धनगढी/नेपाल प्रेस युनियनको केन्द्रिय महाधिवेशन तोकिएकै समयमा हुने केन्द्रिय अध्यक्ष बद्री सिग्देलले बताएका छन । नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा शुक्रबार धनगढीमा आयोजित छलफल तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले युनियनको अधिवेशनमा जेठ १३ र १४ गते हेटौडामा सम्पन्न गर्ने गरि तयारी अघि बढेको बताएका हुन ।
उनले स्थानीय तहको निर्वाचन, काँग्रेस महासमिति बैठक, कोभिड महामारी… विस्तृतमा
April 22, 4:35
धनगढी ९ बैशाख / वडा अध्यक्ष बन्नका लागी डोटीमा एकजना शिक्षकले बिहीवार शिक्षण पेशा बाट राजिनामा गरेका छन । जोरायल गाउँपालिकाका बिभिन्न बिद्यायलहरुमा करीब ११ बर्ष शिक्षण पेशामा आवध नविन ओझाले जोरायल गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष बन्नका लागी आफुले शिक्षण पेशा बाट राजिनामा गरेको बताएका छन ।
“बिगतका पाँच बर्षलाई फर्केर हेर्दा जति बिकास भएको छ तेसमा थप बिकास गर्नका लागी आफु स्यवम भिजन सहित… विस्तृतमा
April 22, 3:29
धनगढी, ९ वैशाख / कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः मेयरमा उम्मेदवारी दिने भन्दै चौधरीलेउपप्रमुख प्रेमकुुमारी थापालाई राजीनामा बुुझाएका हुन् ।
‘निर्वाचन आचारसंहिता लागुु भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा पुुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको हुुँ,’ चौधरीले भने… विस्तृतमा
April 22, 3:16
डोटी,९ बैशाख / ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि अहिले दलहरू उम्मेदवार छान्नमा व्यस्त छन् । केही ठाउँमा टुंगो लागे पनि धेरै स्थानमा अझै पनि दलहरूले टिकट वितरण गर्न सकेका छैनन् ।
आसन्न स्थानीय तहको चुनावमा पनि कर्मचारी, शिक्षक, पत्रकार देखि कलाकारसम्मले भाग लिँदै छन् । डोटीमा पनि दुई जना महिला पत्रकार जनप्रतिनिधि बन्ने दाउमा छन् ।
डोटीमा जिल्लामा विगत ८ / ९ वर्ष देखि रेडियो… विस्तृतमा
April 22, 2:43
धनगढी,९बैशाख / कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउदै नेपाली कांग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशिल सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल सदस्यहरुले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् ।
‘विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली… विस्तृतमा
April 22, 1:07
धनगढी,९ वैशाख / धनगढी उपमहानगरपालिको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका गोपाल हमाले आगामी पाँच वर्षका लागि गरिने मुख्य योजनाहरू सार्वजनिक गरेका छन्।
शुक्रवार पत्रकार सम्मेलन गर्दै आफूलाई स्थानीय तहको निर्वाचनमा निर्वाचन गरी उपमहानगरपालिकालाई भ्रष्टाचार,लोककल्याणकारी,स्वच्छ,सुन्दर र समृद्धि नमुना शहर बनाउनमा योगदान दिनमा समेत सबैमा आग्रह गरेका छन् ।
उनले धनगढीलाई आगामी पाँच वर्षमा… विस्तृतमा
April 22, 12:25
डडेल्धुरा ९ बैशाख / प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । दुई नगरपालिका र ५ वटा गाउँपालिका रहेको डडेलधुरामा गठबन्धन गर्दा सत्ता साझेदार दलहरुभित्र असन्तुष्टि बढ्ने र त्यसको फाइदा एमालेलाई हुने निष्कर्षसहित दलहरुले गठबन्धन नगर्ने निर्णय गरेका हुन् ।
जिल्लाको परशुराम नगरपालिका कांग्रेस र माओवादी दुवै पार्टीले नछाड्ने अडान लिएपछि… विस्तृतमा
April 22, 12:09
काठमाडौं ९ बैशाख / सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। स्थानीय तह निर्वाचनको उम्मेदवारबारे छलफल गर्न बैठक आज आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थितिका लागि… विस्तृतमा
April 22, 11:47
धनगढी ९ बैशाख / बैतडीका ८ ओटा पालिकामा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीका अनुसार डिलाशैनी र सिगास गाउँपालिका बाहेकका सबै पालिकामा उम्मेदवारको टुंगो लगाइसकिएको हो।
एमालेले पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्टलाई उम्मेदवार बनाएको छ। त्यसैगरी शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउँद र उपाध्यक्षमा शकुन्तला साउँद र… विस्तृतमा
April 21, 1:49
बैतडी,८ वैशाख । स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिंदै गर्दा पनि बैतडी जिल्लामा सत्ता गठबन्धन दलहरूभित्र सहमति जुट्न सकेको छैन ।सत्ता गठबन्धनका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि पटक-पटक छलफल हुँदा पनि टुङ्गो लाग्न नसकेको एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट बताउँछन् । ‘पहिलो चरणमा पञ्चेश्वर,… विस्तृतमा
April 21, 12:11
धनगढी,८ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् ।
आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएको जिकिर गरेका हुन् । उनले सुरुबाटै गभर्नर र सरकारबीच… विस्तृतमा
April 21, 9:55
धनगढी,८ वैशाख/ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख ३० गते नै निर्वाचन हुने बताएका हुन् ।
‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए’, उनले भने, ‘हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा… विस्तृतमा
April 20, 5:42
काठमान्डौ, ७ वैशाख । पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलाएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार सहमतिपछि अब त्यसलाई लिखित रूप दिने तयारी भइरहेको छ।
६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा ९एकीकृत समाजवादी० ले पोखरा र जनता… विस्तृतमा
April 20, 5:27
धनगढी ७ बैशाख / सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रण बहादुर रावलले सुदूरपश्चिमको गोदावरीमा तोकिएको राजधानी केही तलमाथि हुन सक्ने बताएका छन । नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रावलले हाल तोकिएको स्थान केही तलमाथी हुन सक्ने बताए ।
‘गोदावरीमा राजधानी बनाउने भनेर निणय भयो । हामीले त्यसमा केही फरक मत राखेका छौ’… विस्तृतमा