कैलालीको घोडाघोडी नगरपालिकाका मेयर चौधरीले दिए राजीनामा

April 22, 3:29

धनगढी, ९ वैशाख /  कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः मेयरमा उम्मेदवारी दिने भन्दै चौधरीलेउपप्रमुख प्रेमकुुमारी थापालाई राजीनामा बुुझाएका हुन् ।

‘निर्वाचन आचारसंहिता लागुु भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा पुुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको हुुँ,’ चौधरीले भने । नेकपा एमाले कैलालीका उपसचिवसमेत रहेका चौधरी २०७४ सालमा भएको निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

चौधरीले माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई पराजीत गरेका थिए । यस्तै पुुनः दोहोरिने भन्दै नेकपा एमालेबाट निर्वाचित घोडाघोडी नगरपालिका–१ का वडाध्यक्ष मनराज शाही, ५ का वडाध्यक्ष प्रेम रोकाया, ९ का वडाध्यक्ष कृष्ण शाहले समेत पदबाट राजीनामा दिएका छन् । यस्तै नेपाली कांग्रेसबाट विजयी वडा नम्बर ८ का अध्यक्ष भीम बोगटीले पनि राजीनामा दिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा