डोटीमा गाउँपालिका उपाध्यक्षका लागी दौडधुप गर्दै दुई महिला पत्रकार
डोटी,९ बैशाख / ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि अहिले दलहरू उम्मेदवार छान्नमा व्यस्त छन् । केही ठाउँमा टुंगो लागे पनि धेरै स्थानमा अझै पनि दलहरूले टिकट वितरण गर्न सकेका छैनन् ।
आसन्न स्थानीय तहको चुनावमा पनि कर्मचारी, शिक्षक, पत्रकार देखि कलाकारसम्मले भाग लिँदै छन् । डोटीमा पनि दुई जना महिला पत्रकार जनप्रतिनिधि बन्ने दाउमा छन् ।
डोटीमा जिल्लामा विगत ८ / ९ वर्ष देखि रेडियो क्षेत्रमा कार्यरत रश्मी कुँवरले वोगटान फुड्सिलगाउँपालिकाको उपाध्यक्ष पदमा पार्टी भित्र दावी गरेकि छन् । कुँवर नेपाली कांग्रेसको १३ ओै महादिवेशन वाट डोटी जिल्ला कार्यसमिति सदस्य मा निर्वाचित भयकि हुन् । यस्तै अर्की महिला पत्रकार लक्ष्मी रोकायले डोटीको आदर्श गाउँपालिकाको उपाध्यक्षमा दावि प्रस्तुत गरेकि छन् । लामो समय पत्रकारिता क्षेत्रमा काम गरेकि रोकाया अहिले नेपाल प्रेस युनियन डोटी शाखाको उपाध्यक्ष हुन । रोकाया नेपाली कांग्रेसको १४ ओै महाधिवेशन बाट प्रदेश प्रतिनिधिमा निर्वाचित हुन् ।