तोकीएकै समयमा निर्वाचन हुन्छ : अध्यक्ष प्रण्चड

April 21, 9:55

धनगढी,८ वैशाख/ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख ३० गते नै निर्वाचन हुने बताएका हुन् ।

‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए’, उनले भने, ‘हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ । अब त केही कन्फूज छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’

यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने र लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको समेत बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा