राजनीति
April 26, 8:17
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई उडन्ते सपनाहरूको गफको पुलिन्दा घोषणा पत्रमा लेख्न नआएको बताएका छन् । घोषणापत्रबारे एमाले अध्यक्ष केपी ओलीको टिप्पणीप्रति लक्षित गर्दै शर्माले भनेका छन्, ‘तपाईंले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याऊ खेतीको सपना देखाउनमात्रै बाँकी राख्नुभएको छ, माफ गर्नुहोस् श्रद्धेय कमरेड, ‘उडन्ते सपनाहरूको गफको पुलिन्दा लेख्न कांग्रेसलाई… विस्तृतमा
April 26, 7:57
डडेल्धुरा \ नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ।
कांग्रेसबाट प्रदेशसभा सदस्यसमेत रहेका मल्लले कांग्रेसको विधानविपरीत गतिविधि गरेकाले निष्काशन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा मल्लले संस्थापन इतर समूहको प्रतिनिधित्व गर्दै आएका थिए। एकलौटी गरेको भन्दै देउवालाई… विस्तृतमा
April 26, 2:00
डोटी १३ बैशाख / निर्वाचन-२०७९ मा डोटीबाट दुई महिला पत्रकारले पालिकाको उप -प्रमुख र गाउँ पालिकाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार बनाएको छ। दुई पालिकामा दुई महिला पत्रकार उम्मेदवारले मङ्गलवार उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट शिखर नगरपालिकामा सुनिता रावल जोराले उप - प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् भने आदर्श गाउँ पालिकाको उपाध्यक्षमा लक्ष्मी रोकायले दर्ता गराएकी छन्।
रावल… विस्तृतमा
April 26, 1:56
धनगढी १३ बैशाख / डोटीको जोरायल ४ बाट नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र बोहरा वडा अध्यक्षको उमेदवारी दर्ता गरेका छन । जोरायल घर भएका बोहराले लामोसमय सम्म सामाजिक संग सँगै बिद्यार्थी जीवनमा राजनिति गर्दै आएका थिए ।
किन दिने त जितेन्द्रलाई भोट ? के छ त कार्यअनुभव ?
– गाउबेशी दौँतरी संजाल लक्ष्मी नगर अध्यक्ष २०६६
– नेपाल रेडक्रस सोसाइटी आजिवन सदस्य २०७४
-नेबिस घण्टेस्वर सेती महाकाली क्याम्पस २०६९… विस्तृतमा
April 26, 1:47
धनगढी १३ बैशाख / यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनका क्रममा नेपाली काँग्रेस कैलालीमा विवाद बढेको छ । प्रदेश र जिल्लाले अलग-अलग व्यक्तिलाई टिकट दिएपछि कैलालीका दुई पालिकामा एउटै पदमा काँग्रेसबाट दुई/दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
जिल्लामा सत्ता गठबन्धनका तीन दल (काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) बीच पालिकामा भागबण्डा भएपछि काँग्रेसले आफ्नो… विस्तृतमा
April 26, 7:16
बैशाख १३,काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ८२ हजार २१० उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । आयोगमा अहिलेसम्म प्राप्त विवरणअनुसार निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणीकरण भई निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार उम्मेदवारको सो दर्ता सूची देखिएको हो ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । पहिलो दिन वैशाख ११… विस्तृतमा
April 25, 5:59
धनगढी : सत्ता गठबन्धन दलको निर्णय अवज्ञा गर्दै धनगढी उपमहानगरपालिकाको उपमेयरमा काँग्रेस नेता प्रभाकर भण्डारी स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनको निर्णयविपरित भण्डारीले उम्मेदवारी दिएका हुन्।
गठबन्धनको भागबण्डामा धनगढी उपमहानगरको मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ। मेयरमा काँग्रेसका नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दिने तयारी गरेका… विस्तृतमा
April 25, 5:52
बैतडी: नेकपा एमालेले बैतडीका १० ओटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ। पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतका कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो।
डिलाशैनी गाउँपालिकामा आइतबार र अन्य स्थानीय तहमा सोमबार उम्मेदवारी दर्ता गराएको एमालेका उपसचिव लोकेन्द्र भण्डारीले बताए। डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी दर्ता… विस्तृतमा
April 25, 5:34
धनगढी, १२ वैशाख / नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले मनोनयन दर्ता गराएका छन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्।
चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत हुन्। यस्तै रानाथारु एमाले कैलालीकी नेतृ हुन्।नेकपा एमालेको सचिवालय बैठकले धनगढीको मेयरमा… विस्तृतमा
April 25, 5:27
धनगढी, १२ वैशाख । धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट नृपबहादुर वड र उपप्रमुख पदमा शान्ति अधिकारीले उमेदवारी दर्ता गराएका छन् ।
वड नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् भने अधिकारी २०७४ सालको निर्वाचनमा उपप्रमुख पदमा पराजित भएकी थिइन् ।
April 24, 2:06
धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका सात जिल्लामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। एमालेको प्रदेश कमिटीले कैलाली र कञ्चनपुरबाहेक अन्य जिल्लाका पालिकामा लड्ने उम्मेदवारको टुंगो लगाएको हो।
आज सबै पालिकाका उम्मेदवारको टुंगो लगाएर सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने तयारी एमालेको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा भने यसअघि नै केन्द्रबाट उम्मेदवारको टुंगो… विस्तृतमा
April 24, 1:22
धनगढी ११ बैशाख /सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी दर्ता गराउन हमाल बाजागाजा र ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने मूलमन्त्रका साथ हमालले फागुन १९… विस्तृतमा
April 23, 2:58
धनगढी १० बैशाख / आसन्न स्थानीय तहको निर्वाचनका लागि भोलि र पर्सी मनोनयन दर्ताको समय तोकिएको छ। राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको तयारीमा छन्।
यस्तै बैतडीमा पनि नेपाली कांग्रेसले वैशाख १२ गते दिउँसो १ बजे मनोनयन दर्ताका लागि समय तोकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै कांग्रेसले वैशाख १२ गते मनोनयन दर्ताका लागि समय उपलब्ध गराउन माग… विस्तृतमा
April 23, 11:30
धनगढी,१० वैशाख । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन चुनावी तालमेलबारे सहमति जुटाउन अन्तिम प्रयासमा जुटेको छ । भागबण्डामा कुरा नमिलेको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमतिसमेत गरिसकेका दलहरू अन्तिम प्रयासमा जुटेका हुन् ।
भागबण्डा मिलाउन शुक्रबार राति धनगढीमा बसेको गठबन्धनको प्रदेश स्तरीय बैठक निष्कर्षविहीन भए पनि शनिबार बिहानैदेखि नेताहरू पुनः छलफलमा सक्रिय भएका छन् तर प्रमुख… विस्तृतमा
April 23, 11:13
धनगढी, १० बैशाख/धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसले पुनः नृपबहादुर वडलाई टिकट दिएको छ ।
सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उपमहानगरपालि धनगढीमा नेपाली कांग्रेसले नृपबहादुर वडलाई पुनः मेयरको उम्मेदवार बनाउने भएको हो । धनगढी फिर्तिका लागि अहिले काठमाण्डौ विमानस्थलमा रहेका वडले आफूलाई पार्टीले धनगढीको मेयरका लागि पुनः टिकट दिने निर्णय गरेको बताए । ‘मैले टिकट… विस्तृतमा