डडेल्धुरामा एमालेसँग गठबन्धन गरेका कर्ण मल्ल कांग्रेसबाट निष्काशित

April 26, 7:57

डडेल्धुरा \ नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ।

कांग्रेसबाट प्रदेशसभा सदस्यसमेत रहेका मल्लले कांग्रेसको विधानविपरीत गतिविधि गरेकाले निष्काशन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा मल्लले संस्थापन इतर समूहको प्रतिनिधित्व गर्दै आएका थिए। एकलौटी गरेको भन्दै देउवालाई चुनौती दिँदै मल्लले जिल्ला अधिवेशन तथा पार्टीका अन्य गतिविधि गर्दै आएका थिए।
आसन्न स्थानीय तह निर्वाचनमा पनि उनले डडेल्धुरामा बागी उम्मेदवार उठाएका थिए। त्यतिमात्रै होइन मल्ल समूहले नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा