एशियन लाईफ मंगलसैनद्धारा मृत्यु दावी चेक हस्तान्त्रण

news
news
November 19, 1:58

धनगढी,३ मंसिर
एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड दिपायल शाखा अन्र्तगत मंगलसेन उप शाखाले शुक्रवार स्वर्गीय झप  लुहार कि श्रीमती   गङ्गा लुहारलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गरेको छ । मंगलसैन उप शाखा प्रमुख गोर्कण प्रसाद भाटका अनुसार कम्पनीको नियमले पाउनु पर्ने सुबिधा वाफतको  उनलाई रू २ लाख ६९ हजार ८० रूपैयाँको चेक हस्तान्तरण गरिएको बताए । 

news
स्वर्गीय झप लुहार कि श्रीमती गङ्गा लुहारलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गर्दै ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका उप प्रमुख टोप बहादुर रावलले चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै रावलले भने मानिसले आफ्नो सुरक्षाका लागी सबैले जिवन बिमा गर्नु आवश्यक रहेको र आजै बाट हामी सबैले आफ्ना घर परिवारका सम्पुर्ण सदस्यहरुले जिवन बिमा गर्नु पर्नेमा जोड  दिनु भएको थियो । 
स्वर्गीय झप  लुहारको २०७५ सालमा  २ लाख ४० हजारको बिमा गरेको थियो भने उनले ३ किस्ता मात्रै कम्पनीलाई बुझाएका थिए जस्मा ४८ हजार ३ स १२ रुपैया जम्मा भएको दिपायल शाखाका शाखा प्रबन्धक नवराज पण्डितले जानकारी दिएका छन । 
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा