नेपाली काँग्रेस डोटीको सचिवमा खड्काको उम्मेदवारी

news
news
November 17, 8:16

नेपाली काँग्रेस डोटीको सचिवमा युवा नेता गणेश खड्काले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।  नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष समेत रहेका खड्काले नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशनमा सचिव पदको उम्मेदवारी रहेको  जानकारी दिएका हुन ।

नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा भई रहेका छन् । मङ्सिर ६ गते हुने जिल्ला अधिवेशनलाई लक्षित गरेर उम्मेदवारी घोषणा हुन लागेका हुन् ।

नेपाली काँग्रेसमा युवा नेतृत्व आए मात्रै बिपीको समाजवाद सच्चा रूपमा लागु गर्न सकिने भएका कारण काँग्रेसको नेतृत्व तहमा युवा पुग्न आवश्यक रहेको नेता खड्काले बताए । सचिवमा तपाईँको उम्मेदवारी किन भन्ने प्रश्नमा खड्काले भने ‘ म अहिले सङ्गठन र पार्टीको पक्षमा काम गर्न सक्ने इच्छाशक्ति र क्षमता छ, काँग्रेसलाई ऊर्जाशील बनाउन त  युवा नै चाहिन्छ  त्यसैले मेरो उम्मेदवारी हो ।’

केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र जिल्ला पदाधिकारीमा नेतृत्व हत्याउनका लागी नेताहरूको बिचमा रस्साकस्सी चली रहेको छ ।  सचिवमा खड्काले औपचारिक रूपमा नेतृत्वको दाबी गरेर सार्वजनिक घोषणा गरे पनि अरू नेताहरू भने आन्तरिक भेटघाट तथा आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरिरहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा