डोटीका दुई पालिकामा दुई महिला पत्रकारको उम्मेदवारी

April 26, 2:00

डोटी १३ बैशाख /  निर्वाचन-२०७९ मा डोटीबाट दुई महिला पत्रकारले पालिकाको उप -प्रमुख र गाउँ पालिकाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार बनाएको छ। दुई पालिकामा दुई महिला पत्रकार उम्मेदवारले मङ्गलवार उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट शिखर नगरपालिकामा सुनिता रावल जोराले उप - प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् भने आदर्श गाउँ पालिकाको उपाध्यक्षमा लक्ष्मी रोकायले दर्ता गराएकी छन्।

रावल नेपाल पत्रकार महासङ्घ डोटीको उपाध्यक्ष,  नेपाल प्रेस युनियन केन्द्रीय पर्सादका साथै विगत लामो समय देखि रेडियो नेपाल दिपायल कार्यरत थिइन् । उम्मेदवारी दर्ताका क्रममा शिखर नगरपालिका उप -प्रमुखका उम्मेदवार सुनिता रावले अन्याय, असमानता र विभेद रहित नगर निर्माणका लागि र महिला, बाल मैत्री र वातावरण मैत्री नगर बनाउनका लागी आफ्नो उम्मेदवारी रहेको उनले बताइन्।

उनले भनिन्, ‘सबै भन्दा पहिला त हिंसा रहित घर र समाज निर्माणमा लाग्नेछु, अन्याय अत्याचारका विरुद्धमा मेरो अभियान हुनेछ, महिलाहरूको उत्थान, त्यसपछि नगरलाई सूचना मैत्री, वातावरणमैत्री नगर बनाउन विभिन्न खाले कार्यक्रम योजनाहरू समेट्ने छु।’ 

त्यस्तै नेपाल प्रेस युनियन डोटी उपाध्यक्ष तथा काङ्ग्रेस प्रदेश प्रतिनिधि लक्ष्मी रोकाले उम्मेदवारी दर्ता गर्दै समृद्ध र सुन्दर गाउँ बनाउन र सिंहदरबारको अधिकार प्रत्येक नागरिकलाई महसुस गराउन आफ्नो उम्मेदवारी रहेको बताइन्।

उनले भनिन्, ´हिंसा रही घर, महिलाको उत्थान, चुलो चौका महिला दिदी बहिनीलाई व्यावसायिक बनाउन मेरो प्रयास रहने छ।´त्यसै गरि सूचना मैत्री गाउँ बनाउन मेरो जोड रहने छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा